वातावरण संरक्षण
मानिस चेतनशील प्राणी हो । प्राणीहरूमध्ये मानिस सर्वश्रेष्ठ पनि मानिन्छ । उसले आफ्नो जीवन सहज र सरल बनाउन चाहन्छ । मानिसले धेरै नयाँ कुराको आविष्कार पनि गरेको छ तर आफ्नो जीवनलाई अझ सुखमय बनाउन प्रकृति र यसको संरक्षणमा भने चासो दिँदैनौँ । उसले यही प्राकृतिक वातावरणलाई भने नाश पार्दैछ । त्यसैले आज हाम्रो प्रकृति प्रतिकूल हुनुका कारण पनि हामी नै हो । जसले गर्दा मानव जीवनमा धेरै समस्या निम्त्याइरहेको छ ।
घर/जङ्गल (कविता)
रुखै रुख भएको जङ्गल सधैँभरि सुनसान हुन्छ । रुखहरूले कहिलेकाहीँ हल्ला त गर्छन् बतासले हल्लाउँदा अनि
चोखो मूल (बालगीत)
साना साना कोपिलामा, भविष्य छ फूलको सागरसम्मै बग्नुपर्छ, पानी चोखो मूलको।
आमाको पढ्ने रहर
भाइबहिनीहरू कुनै पनि कुरा सिक्न र पढ्न शिक्षा हासिल गर्न उमेर कहिल्यै बाधक हुँदैन है । ७० वर्षीया आमाले पनि ११ कक्षाका किशोरकिशोरीसँगै पढेर ज्ञान हासिल गरिरहेकी छिन् ।
होली पर्व किन मनाइन्छ ?
होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।
धनभन्दा विद्या ठूलो
धेरै वर्षअगाडि एउटा गाउँमा शिखर भन्ने ८ कक्षामा पढ्ने केटो आफ्नो आमा, बुवा र भाइसँग बस्थ्यो । एक दिन उ विद्यालयबाट आएपछि आफ्नो साथीहरूसँग खेल्न गयो । राति उ घर आइपुग्यो । भाइले उसलाई सोध्छ हजुरको कुनै गृहकार्य छैन ? केही पढ्नु छैन तर उ केही नबोली खाना खाएर सुत्छ । बिहान पनि भाइले उसलाई सोध्छ हजुरको केही गृहकार्य छैन ? उसले भाइलाई भन्छ तिमी मलाई बारम्बार एउटै प्रश्न नसोध । मसँग जति भ
निर्जन सुध्रियो
सानो गाउँमा एउटा परिवारको बसोबास थियो । बुवा, आमा र छोरा गरी त्यस परिवारमा तीन जना सदस्य मात्रै थिए । छोराको नाम निर्जन थियो । निर्जन निकै ज्ञानी र असल स्वभावको थियो । ऊ कक्षामा सधैँ प्रथम हुन्थ्यो । टोल छिमेकका मानिसहरू निर्जनको आनीबानीकोे खुलेर प्रशंसा गर्दथे ।
दुष्कर्मको प्रतिफल
पैसा कमाउने चाहना सबैको हुन्छ । पसल थाप्ने, उद्योग व्यवसाय गर्ने, कलकारखाना खोल्ने आदि जति पनि व्यवसाय हुन्छन्, भएका छन् सबैका उद्देश्य पैसा कमाउनु नै हो । जागिर खानु, पढ्नु पढाउनुको उद्देश्य पनि पैसा कमाउनु नै हो । भाइबहिनीहरू तिमीहरू स्कुल जाने, ध्यान दिएर पढ्ने, गृहकार्य गर्ने आदि कार्य गरिरहेका छौँ त्यसको पनि उद्देश्य ठूलो भएपछि पैसा कमाउनु नै हुनुपर्छ । पैसाबिना कामै चल्दैन । यस्तो अवस्थामा त्यस्तो चाहना हुनु आफैँमा अस्वाभाविक पनि होइन तर पैसा कमाउनु मात्र ठूलो कुरा होइन पैसा कमाउने तरिका मिला
इतिहास जोगाउँदै नीलगिरि
नीलगिरि माध्यमिक विद्यालय पाँचथर जिल्ला, हिलिहाङ गाउँपालिका–५ स्थित मुक्तुरा छ । नेपालको पूर्वी पहाडी क्षेत्रका ग्रामीण बस्तीका मानिसलाई चेतनाको ज्योतिले उज्यालो पार्ने तीर्थमध्येको यो एक हो । हरिनारायण खनाल, नेत्रप्रसाद सङ्ग्रौलाजस्ता स्थानीय शिक्षाप्रेमी र बुद्धिजीवीहरूको नेतृत्व अनि स्थानीयको सामूहिक पहलमा वि. सं. २०१५ मा प्राथमिक विद्यालयका रूपमा यस विद्यालयको स्थापना भएको थियो । आजसम्म आइपुग्दा यसको निकै लामो इतिहास र विरासत बनिसकेको छ ।
बानी (कविता)
घाम लाग्दा घामै हुने पानी पर्दा पानी जस्तो सुकै परे पनि बस्यो सहने बानी ।। जाडो खोज्दा तातो हुने तातो खेज्दा चिसो जुन कुरा नचाहँदा त्यही लाग्छ लिसो । निष्ठुरी छ प्रकृति नै गर्छ मनोमानी
नारी शक्ति (कविता)
कहिले आमा, कहिले छोरी, कहिले, साली बन्नुपर्छ सधैँभरि कायर हैन हिम्मतवाली बन्नुपर्छ । बलात्कारी, यौवनपिपाशु राक्षसहरूको संहार गर्न नारी अब शक्तिरूपी दुर्गा अनी महाकाली बन्नुपर्छ ।
जाडो बिदा ‘रमाइलो अनुभव’
साथीहरू । तपाईंहरूको जाडो महिनाको बिदामा के के गर्नुभयो ? बिदाको समयमा यत्तिकै घरमा बसिरहनुभन्दा हामीले केही न केही राम्रो काम गर्ने र नयाँ नयाँ ठाउँमा घुम्ने गर्नुपर्छ । परिवारसँग घुम्दाको रमाइलो छुट्टै हुन्छ भने विद्यालयबाट घुमघाम गर्दाको झन् धेरै रमाइलो हुने रहेछ । आशा छ यो जाडो बिदामा सबैले धेरै रमाइलो गर्नुभयो होला । धेरै कुरा पनि सिक्नुभयो होला । मैले पनि जाडो महिनाको बिदामा धेरै रमाइलो गरेँ । धे
रहरले सिकायो
उनी स्टेजमा होस् या अन्य ठाउँमा आत्मविश्वासका साथ बोल्ने गर्छिन् । आफूले जानेको कुरा बोल्न डराउनु हुँदैन, डरायो भने त कहिल्यै पनि अघि बढ्न सकिँदैन, मुनासँगको कुराकानीको क्रममा उनले जिज्ञासु हुँदै भनिन् ।
जिज्ञासु समृद्धि
समृद्धिलाई हामीले युट्युबमा उनको आफ्नै च्यानल ‘स्यामिज वल्र्ड’ सर्च गरेर पनि उनका बारेमा हेर्न सक्छौँ । जसमा उनले विभिन्न कथाका किताबबाट तस्बिरसमेत देखाउँदै कथा सुनाउँछिन । यसै च्यानलबाट उनी नयाँ–नयाँ ठाउँहरूमा घुम्दै उक्त ठाउँहरूका बारेमा जानकारी दिँदै भिडियो पनि बनाउँछिन् ।
‘रहरले पढिने सामग्री बालसाहित्य’
नुवाकोट जिल्लाको थानसिङमा जन्मनुभएका बालप्रिय बालसाहित्य सर्जक हुनुहुन्छ । उहाँले पाँच दर्जनभन्दा बढी बालसाहित्यका पुस्तक लेखिसक्नुभएको छ भने त्यति नै सङ्ख्यामा बालसाहित्यका पुस्तकहरूको सम्पादन पनि गर्नुभएको छ । नेपाल बालसाहित्य समाजका अध्यक्ष घिमिरेसँग बालसाहित्य सिर्जना र यसको सेरोफेरोमा रहेर नेपाल डन बस्को स्कुलकी कक्षा ७ मा अध्ययनरत छात्रा आँचल श्रेष्ठले गर्नुभएको कुराकानी :
शीर्षक के हो ?
घना जङ्गल । बीचमा एउटा पोखरी थियो । त्यहाँ एउटा सुन रङको भ्यागुतो बस्थ्यो । सुनको झैँ रङ भएकाले उसलाई सुनरङ्गे भ्यागुतो भनेर पोखरीभरि चिनिन्थ्यो । हुनत त्यो पोखरीमा माछा, कछुवा, सर्पहरू पनि थिए । तापनि त्यो भ्यागुतो फरक खालको थियो । सुनरङ्गे भ्यागुतो कहिल्यै पनि अरूलाई सताउँदै
फिल्म फेस्टिभलको रमाइलो
म कक्षा ४ मा पढ्छु । म नौ वर्ष पुग्न लागेँ । साथीहरू ! म मङ्सिर २४ गते (शनिबार) म मेरो परिवारको साथमा काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हेर्न राष्ट्रिय सभा गृह (सिटी हल) गएको थिएँ । राष्ट्रिय सभा गृह काठमाडौँको भृकुटीमण्डप रोडमा रहेको छ । डिसेम्बर ८ देखि १२ सम्म सञ्चालन भएको यो २०औँ फेस्टिभल हो रहेछ । यहाँ ३० देशका ६० वटाभन्दा बढी डकुमेन्ट्री तथा लामो र छोटा फिल्म देखाइएको थियो ।
दिदीबहिनीको माया (कथा)
“ऐया ! नपिट्नुहोस् न । मलाई कति सताउनुभएको ?” रमाले रुँदै आफ्नी दिदी रमिलालाई भनी । “तैँले चाहिँ मेरो सामान किन छुनुपर्ने नि हँ ?” रमिलाले थर्काउँदै भनी । रमिला छ वर्षकी हुँदा रमा जन्मिएकी थिइन् । रमिलाले रमालाई सधैँ जिस्काउँथी र रमा भने नरोएको दिनै हुँदैनथ्यो । यी दिदीबहिनीबीच माया भने असाध्यै धेरै थियो तर त्यो माया बाहिर कहिल्यै देखिँदैनथ्यो । उनीहरू एउटै विद्यालयमा पढ्थे । एक जना ९ कक्षामा पढ्थी भने अर्कीले कक्षा २ मा पढ्थी । उनीहरूकी आमा पनि रमा र रमिलादेखि वाक्क परिसक्नुभएको थियो ।
मोबाइलको प्रयोग : ‘असर कस्तो छ त ?’
२१औँ शताब्दीको डिजिटल प्रविधिको युग हो । हामी यही युगमा छौँ । सानादेखि ठूलासम्मको एउटै समस्या– मोबाइलको जथाभावी प्रयोग । हुनत डिजिटलको प्रयोगले मानव जीवनशैलीलाई सरल त बनाएको छ । हातमा भएको मोबाइलबाट विश्वका हरेक गतिविधि जान्न, बुझ्न र थाहा पाउन सकिने भएको छ । यो मोबाइल फोन सन् १९७३ मा नै आएको हो । यसको आविष्कार अमेरिकाका महान् इन्जिनयर डा. मर्टिन कुपरले गरेका हुन् । नेपालमा भने २०५६ सालपछि मात्र प्रयोगमा आएको हो ।
परेवा र सानो बाबु
बाल साहित्य लेखनमा कलम चलाउँदै आउनुभएका कवि तथा कथाकार सनतकुमार आचार्यको ‘परेवा र सानो बाबु’ बालकथा सङ्ग्रह दोस्रो संस्करण प्रकाशनमा आएको छ । बालसाहित्यको क्षेत्रमा प्रतिभाशाली स्रष्टा आचार्यको यो कथा सङ्ग्रह अङ्ग्रेजीमा पनि अनुवाद भएर प्रकाशित भएका छन् । उनीद्वारा लेखिएका ‘परेवा र सानो बाबु’ कथा सङ्ग्रहभित्र भाइको ज्ञान, बुद्धिमान कुखुरो, भँगेरा र कुकुरलगायत विभिन्न शीर्षकका १० बालकथा सङ्ग्रहहित छन् । पुस्तकको नाम राखिएको ‘परे
योग गर्ने राम्रो बानी
हामी सबैका लागि योगको धेरै महत्त्व छ । हरेक दिन बिहान योगका विभिन्न अभ्यास गर्ने बानी गर्ने हो भने हामी सानै उमेरदेखि स्वस्थ बन्न सक्छौँ । हामी साना बालबालिकाका लागि पनि धेरै कुरा गर्न सकिने रहेछ । योगका धेरै प्रकार रहेछन् । बालबालिकाका लागि गर्ने योगले बढ्ने उमेरमा विभिन्न फाइदा हुने रहेछ ।
मेरो देश (बालगीत)
मेरो देश नेपाल हो संस्कृतिको धनी प्रकृति र सम्पदाले भरिपूर्ण छ नि । सारङ्गी र मुुर्चुङ्गाको कति राम्रो धुन
किन मनाउछौँ पृथ्वी जयन्ती
बहिनी तथा भाइहरू, तपाईंहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा एउटा औंलो ठड्याएको देख्नुभएको होला । यो औँलोले एउटा भन्ने सन्देश दिएको छ । एउटा भनेको एउटा देश भनेको हो । नेपाल पहिला धेरै साना राज्यमा बाँडिएको थियो । यसरी एउटै देश धेरै राज्यमा बाँडिएकाले नेपाल कमजोर भयो । नेपाललाई बाहिरियाले आक्रमण गर्ने खतरा बढ्यो । यस्तो अवस्था देखेपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपालभित्रका ससाना राज्यहरूलाई एकीकरण गरेर एउटै ठूलो देश बनाउने अठोट गर्नुभयो । उहाँले सुरु गर्नुभएको एकीकरण पहललाई उहाँपछिका विभिन्न पुस्ता र व्यक्तिले पनि साथ दिनुभयो ।
अब्बल जिज्ञासु तन्वी
तन्वी– निकै जिज्ञासु स्वभावको छिन् । हरेक कुरामा उनी आफूलाई आत्मविश्वासका साथ प्रस्तुत गर्छिन् । हालै सम्पन्न मिस एल.आर.आई आइडर २०२२ को प्रतिस्पर्धामा पनि उनले आफ्नो यस्तै क्षमता प्रस्तुत गरिन् । जसले उनलाई उपाधि विजेता बनायो । उपाधिसँगै उनले ‘मस्ट ट्यालेन्ड’ उपाधि पनि हात पारिन् । कलङ्कीस्थित एल.आर.आई स्कुलमा कक्षा ६ मा अध्ययनरत तन्वी फुलारा विद्यालयको प्रतिभाशाली विद्यार्थी हुन्