वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन-अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी)आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।
‘बाह्रै महिना निःशुल्क औषधी उपलब्ध छ’
सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये भारतको सीमासँग जोडिएको गाउँपालिका बर्जु गाउँपालिका हो । यहाँ छ वटा वडा र ३६ हजार २४९ जनसङ्ख्या रहेको छ । यो द्वापर युगको महाभारतको कथासँगको सन्दर्भ जोडिएको ऐतिहासिक स्थल तथा
कुशासन, भ्रष्टाचार र दण्डहीनताले गणतन्त्रमाथि खतरा छ : पहाडी
पहेँलो कुर्ता र धोतीमा देखिनु हुने कृष्ण पहाडीका विषयमा केही थाहा नहुने सामान्य मानिसले कुनै आध्यात्मिक सन्तका रूपमा बुझ्न सक्छ । धिकार र स्वतन्त्रताको आन्दोलनमा नथाक्ने योद्धाका रुपमा स्थापित हुनुहुन्छ ।
सन्दर्भ गणतन्त्र दिवस : मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छ : उपाध्यक्ष शाक्य
मुलुकमा गणतान्त्रिक व्यवस्था लागू भएको १७ वर्ष भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रात्मक व्यवस्था हटाएपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । संविधानमार्फत तीन तहको संरचना बनेको छ भने विभिन्न हक र अधिकारलाई संविधानमा लिपिबद्ध गरिएको छ ।
प्रश्न नउठ्ने गरी काम गर्छु : मुख्यमन्त्री सोडारी
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी २०८१ साल वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना सदस्य र एक जना स्वतन्त्रको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो । उहाँले प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वास मतसमेत पाइसक्नुभएको छ । सरकार गठबन्धनका ठुला दल एमाले र माओवादी केन्द्रले मन्त्री पठाएका छैनन् । नागरिक उन्मुक्तिले दुई जनालाई सरकारमा पठाएको छ । विकास पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रमा पछि परेको सुदूरपश्चिम प्रदेशका जनताको सपना साकार पार्न उहाँ दत्तचित्त भएर लागिपर्नुभएको छ । त्यसका लागि आवश्यक स्रोतसाधन जुटाउन र उत्कृष्ट काम गर्न सरकारलाई चुनौती छ । यिनै चुनौती पूरा गर्न मुख्यमन्त्री सोडारीका भावी योजना र लक्ष्यका विषयमा गरिएको संवाद :
‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’ : रास्वपा प्रमुख सचेतक परियार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको प्रमुख सचेतक परियारको बुझाइमा भने राजनीतिक स्थायित्व कुनै अमुक व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु र नहुनुसँग सरोकार हुँदैन । नीति, दर्शन एवम् राजनीतिक विचार र बुझाइमा स्थायित्व हुनु नै राजनीतिक स्थायित्व हो ।
भ्रष्टाचारमुक्त नगर बनाउने अभियानमा छौँ
पूर्वी मोरङको उर्लाबारी नगरपालिकाका स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा ८५.५ अङ्क प्राप्त गर्ने मोरङको एक मात्र नगरपालिका हो । त्यस्तै स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्रा) मा ८४.४ अङ्क प्राप्त गरेर कोशी प्रदेशमा सुशा
निःशुल्क वाइफाईजडित पालिका बनाइएको छ
धनुषाको दक्षिणपूर्वी भागमा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका मुलुककै सबैभन्दा होचो ठाउँ हो । यस गाउँपालिकाको जनसङ्ख्या २५ हजार ४८२ रहेको छ भने क्षेत्रफल २६.८४ वर्ग स्क्वायर फिट रहेको छ । गत निर्वाचनमा जन
विस्थापितलाई गाउँमै स्थापित गर्न चाहेका छौं
देवघाट गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । समस्त हिन्दु धर्मावलम्बीको पवित्रस्थल देवघाटधाम यसै पालिकामा पर्छ । शान्ति र आध्यात्मिक उन्नयनका लागि अति महत्वपूर्ण क्षेत्रका रूपमा रहेको यो पालिकालाई कालीगण्डकी, त्रिशूली, सेती, मादीजस्ता नदीले सिञ्चित गरेका छन् । जैविक विविधताका दृष्टिले पनि यो पालिका धनी छ । तनहुँ जिल्लाका साबिक कोटा, बैदी, छिपछिपे र देवघाट गाउँ विकास समितिलार्ई समायोजन गरी देवघाट गाउँपालिका
प्रमुख पर्यटकीय सहर बनाउने लक्ष्य छ
जुम्ला साबिक पुरानो कर्णाली अञ्चलको प्रशासनिक केन्द्र हो । हिमाली क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र, ऐतिहासिक चन्दननाथ मन्दिर, डुडुल चैत्य, चेरे चौर र धिमी पार्क, गणेश गुफा, भगवती मन्दिर, कर्णाली प्राविधिक शिक्षालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल चन्दननाथ नगरपालिकाभित्रै पर्छन् । सङ्घीयतापछि यसको विकासको गति अझ बढेको छ । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगर प्रमुख पदमा निर्वाचित हुनुभएका राजुसिंह कठायतसँग गोरखापत्रका जुम्ला समाचारदाता नेत्रबहादुर शाहीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप : यहाँ निर्वाचित भइसकेपछि हालसम्मका मुख्य उपलब्धि के के हुन् ?
निःशुल्क स्वास्थ्य बिमा गरेका छौँ
दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको दुई वर्ष बितिसकेको छ । यस अवधिमा स्थानीय तहमा सङ्ख्यात्मक र गुणात्मक परिवर्तन आएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा
स्वास्थ्य र कृषिमा अब्बल बनाउने
महोत्तरीका १० वटा नगरपालिकामध्ये भङ्गहा नगरपालिका २०७४ सालमा साबिकका छ वटा गाविस भङ्गहा, सिङ्ग्याही, धर्मपुर, हतिसर्वा, मेघनाथगोरहन्ना र हरिहरपुर हरिनमरी एकीकृत गरी बनेको हो । जम्मा
स्थानीय तहलाई सिंहदरबार अनुसारको अधिकार दिनु पर्छ
सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा रहेको पञ्चपुरी नगरपालिका साबिकका बाबियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातोपानी गाविस मिलेर बनेको हो । यो नगरपालिका सुर्खेत जिल्लाका पाँच नगरपालिकामध्ये क्षेत्रफलमा सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि, पशुपालन तथा पर्यटनको सम्भावना रहेको छ । संविधान बनेको आठ वर्ष पूरा भएको छ । संविधानको मर्म अनुसार सङ्घीयताको अभ्यासमा जाँदा नागरिकले स्थानीय तहबाट सुशासनको प्रत्यक्ष अनुभूति गर्न पाएका छन् । राज्यका स्रोतसाधन तल्लो तहसम्म पुगेका छन् । तीन वटै तहका सरकारमध्ये स्थानीय तह विस्तारै सेवा प्रवाहमा सबल बन्दै गएका छन् । सोहीबमोजिम
सदनमा कुरा त राख्छु, सम्बोधन हुँदैन : नेत्री सिंह
राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन । पछिल्लो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले भने राजनीतिमा महिला समावेशीतालाई बाध्यकारी बनाइदिएको छ । फलस्वरुप चाहेर वा नचाहेर घुम्टो पन्छाउँदै घरदेखि सदनसम्म आउन मधेसका महिला तयार हुनुहुन्छ ।
२०८४ को निर्वाचनलाई उपयोग गरेर जाने होः विप्लव
विद्रोह गर्छाैं भन्दै १२ वर्ष अघि तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह केही समयपछि फेरि फुट्यो र त्यसको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे । अहिलेको व्यवस्थाले हुँदैन, चुनावले कुनै निकास दिँदैन, यो संविधान सभाबाट राम्रो संविधान बन्दैन भन्दै विप्लव नेतृत्वको समूह लागिरह्यो ।
स्वास्थ्य संस्था वर्षभरि खुल्ने प्रबन्ध मिलाएका छौँ
सल्यान जिल्लाको साबिकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गरी चार गाविस मिलाएर त्रिवेणी गाउँपालिका बनाइएको हो । शारदाखोला, लुहामखोला र घुरखोलाको सङ्गमस्थल भएकाले नै यसको नाउँ त्रिवेणी गाउँपालिका रहन गएको हो । त्रिवेणी गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट खिमबहादुर रावत अध्यक्षमा निर्वाचित हुनुभएको छ । समग्र पालिकाको विकासमा केन्द्रित भएर गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
गाउँमै सरकारको अनुभूति दिन प्रयत्नरत छौँ
कास्कीको उत्तरी भूभागमा पर्ने माछापुच्छ्रे गाउँपालिकाको नाम पोखरा उपत्यकाबाट माछाको पुच्छर जस्तो देखिने सुन्दर हिमाल माछापुच्छ्रेको नामबाट राखिएको हो । साबिकका माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङ घलेल गाउँ विकास समिति समेटेर माछापुच्छ्रे गाउँपालिका बनेको हो । अन्नपूर्ण तेस्रो, चौथो, गङ्गापूर्ण, माछापुच्छ्रे र मर्दी हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएका नदीनाला सेती, मर्दी र मोदीबाट साना तथा मझौला क्षमतामा विद्युत् उत्पादनका साथै सिँचाइ र पोखरा क्षेत्रमा खानेपानी आपूर्ति गरिएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी पालिका अध्यक्ष निर्वाचित हुनुभएका मीनबहादुर गुरुङसँग गोरखापत्रका पत्रकार फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :
शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङको सदरमुकाममा अवस्थित नगरपालिका हो । सामुद्रिक सतहबाट सात सय मिटरदेखि दुई हजार २५० मिटरसम्मको उचाइमा अवस्थित नगरपालिका कुल २४६.५१ वर्ग किमी क्षेत्रफल
अरू जस्तो होइन आफैँ जस्तो बन्नु पर्छ
साथीहरु साहित्यमा हामी सबैलाई रूचि छ । केही न केही लेखिरहन्छौँ । हामीले साहित्यिक लेखनको आरम्भ गर्ने भनेकै अग्रजहरुले देखाउनुभएको बाटोलाई पछ्याउने हो । अग्रज साहित्यकारहरुले धेरै कुरा हामीजस्तै बालबालिकाका लागि लेखिदिएर हामीलाई सहज बनाइदिनुभएको छ । वैशाख महिनाको स्रष्टा संवादका लागि मैले उनै अग्रज साहित्यकार डा. देवी नेपालसँगको रमाइलो कुराकानी साथीहरुका लागि प्रस्तुत गर्दै छु । विसं २०३० मा झापामा जन्मनुभएका प्राध्यापक डाक्टर देवी ने
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सिँचाइ र खानेपानीलाई प्राथमिकतामा राखिएको छ
धनुषाको हंसपुर नगरपालिका नौ वटा वडा मिलेर बनेको नगरपालिका हो । यो पालिका जनकपुरधाम उपमहानगरपालिका, सहिदनगर नगरपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका, सबैला नगरपालिका
नेपाल ‘आइटी हब’का रूपमा विकास हुँदैछ : सञ्चारमन्त्री शर्मा
सरकारले सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सूचना प्रविधिको विकासबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव भएको बताउनुहुन्छ ।
पालिकाको लक्ष्य शिक्षा सुधार
बौदीकाली नवलपुर जिल्लाको पहाडी भेगमा अवस्थित गाउँपालिका हो । यस गाउँपालिकाको उत्तरमा तनहुँ, पश्चिममा पाल्पा, दक्षिणमा हुप्सेकोट र पूर्वमा बुलिङटार गाउँपालिका छन् । यहाँ स्थानीय तहको २०७९ को निर्वाचनमा नेकपा (एमाले) बाट अध्यक्षमा प्रकाश ओझा निर्वाचित हुनुभएको हो । युवा उमेरका उहाँ गाउँको विकासमा एकाग्र भएर लाग्ने प्रण गर्दै राजनीतिमा होमिनुभएको हो । अध्यक्ष ओझासँग गोरखापत्रका पत्रकार होमराज रानाभाटले गर्नुभएको कुराकानी :
विदेश पलायनको क्रम रोक्न जरुरी छ
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका धार्मिक पर्यटनका हिसाबले राम्रो सम्भावना बोकेको गाउँपालिका हो । कर्णाली प्रदेशकै पर्यटकीय स्थल स्यार्पुताल, दुधिलचौर तीर्थधाम, पिपलको मेलगैरी, झारमारेलगायतका चर्चित पर्यटकीय स्थान यही गाउँपालिकामा छन् । दुई वर्षअघि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट जनककुमार बाँठामगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाले गरेका मुख्य काम, भइरहेका गतिविधि, चुनौती, सम्भावना र आगामी योजनाबारे गोरखापत्रका मुसीकोट समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :