थप २९ जना सङ्क्रमित, २३ सङ्क्रमण मुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको हो ।
अटिजम कुनै रोग होइन, यो बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो
बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।” यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ । जसले गर्दा उनीहरु कक्षामा पनि आफ्ना अरु साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन् ।
आठ जना सङ्क्रमित, १८ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल सञ्चालन हुन पाउने
सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ ।
मुटुरोगसम्बन्धी शिविरबाट बिरामी लाभान्वित
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मुटुरोग परीक्षणसम्बन्धी शिविरबाट एक हजार पाँच सय जनाभन्दा बढीले सुविधा लिएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको शिविरमा एक हजार ५०५ जनाको मुटुको परीक्षण गरिनुका साथै औषधि उपचारको सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य क्षेत्रमा पनि दुई दिन बिदा दिन चिकित्सक संघको आग्रह
काठमाडौं, वैशाख १८गते। नेपाल चिकित्सक संघ (एनएमए)ले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ। संघले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा पनि दुई दिन बिदा दिने सरकारको निर्णय लागु गर्न आग्रह गर्दै यो निर्णयको स्वागत गरेको हो। चिकित्सकले परिवारलाई समय दिन नसकेको, सधैं काममा व्यस्त रहँदा मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले दुई दिन बिदाको निर्णय राम्रो भएको चिकित्सक संघले विज्ञप्तीमार्फत उल्लेख गरेको छ। सातामा दुई दिन बिदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने र तवावमुक्त अवस्थामा काम गर्न पाउने भएकाले निर्णय राम्रो भएको चिकित्सक संघको जिकिर छ।वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। स्वास्थ्य मन्त्री विरोध खतिवडाले स्वास्थ्य क्षेत्रमा सातामा २ दिन कुनै पनि हालतमा बिदा नहुने र ओपीडी सेवा बन्द नहुने बताउनु भएको थियो। बिरामी मारमा पर्ने भएकाले लगातार दुई दिन बिदा दिन नहुने मन्त्री खतिवडाको भनाइ थियो।दुई दिन बिदा दिने नदिने भन्ने विषयमा अहिले मन्त्रालयले कुनै निर्णय गरिसकेको मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रले जानकारी दिनुभयो। मन्त्रालयका अधिकारीसँग अस्पतालका प्रमुखलाई बोलाएर छलफल गरेपछिमात्र बिदा दिने नदिने भन्ने विषयमा निर्णय गर्ने प्रवक्ता मिश्राले जानकारी दिनुभयो।
पायल्स भनेको के हो ?
पछिल्लो समय पायल्सको समस्या बढ्दै गएको छ। मलद्वारको समस्या भएकाले धेरैले यो समस्या लुकाउने गरेका छन्।
थप १८ जना सङ्क्रमित
पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मुटुरोग परीक्षणसम्बन्धी शिविरबाट १५ सय बिरामी लाभान्वित
अमृतप्रसाद पौडेलबेनी, बैशाख १८ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सय जनाभन्दा बढी नागरिकले सुविधा लिएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको शिविरमा १ हजार ५ सय ५ जनाले मुटुको परीक्षण तथा औषधि उपचारको सेवा लिएका हुन् ।सेभ द हार्ट काठमाडौंंको आयोजना एवम् म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र ईशा फाउण्डेशनको सहआयोजना तथा मनमोहन कार्डियोथेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंं, बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा म्याग्दी जेसीज, बरंजा छात्रवृत्ति अक्षयकोष, लायन्स क्लब अफ बेनी पिस सिटी, धौलागिरि कालिका हाईड्रो, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना बहराईन र हङकङले सहयोग गरेका थिए ।दुई दिनसम्म चलेको उक्त शिविरमा परीक्षण गरिएकामध्ये ४९ जनामा मुटुरोगको समस्या पहिचान भएकोमा ४१ जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको सेभ द हार्ट काठमाडौंका अध्यक्ष एवम् एशोसियट प्रोफेसर वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो । शिविरमा ८ सय ६३ जनाको मुटुको इसिजी, २१ जनाको मुटुरोग पहिचान र १३ जनामा हार्टअट्याक पत्ता लागेकोमा १६ जना अप्रेसन गरेका बिरामीको फ्लोअप उपचार गरिएको जानकारी दिनुभयो ।शिविरमा मुटुमा समस्या देखिएका बिरामीलाई काठमाडौंमा उपचार गर्न बोलाइएको आयोजकको भनाइ छ । साथै उच्च रक्तचापका बिरामी पनि म्याग्दीमा उल्लेख्य भेटिएको डाक्टर भट्टराईले बताउनुभयो । शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामीहरु आएका थिए । शिविरमा चेकजाँचको क्रममा मुटुको केही न केही समस्या देखिएकाले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्ने अवस्था रहेको डा. भट्टराईले बताउनुभयो । उपचारमा खट्ने चिकित्सकसहित स्वास्थ्यकर्मी टोलीलाई कदरपत्र, सहयोगीदातालाई सम्मान र स्वयंसेवकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । चिकित्सक, सहयोगी र स्वयंसेवकलाई सम्मान गर्दै ओमकुमारी शान्ति कोष म्याग्दीका अध्यक्ष राजेश शाक्यले भविष्यमा जिल्लाका सर्वसाधारण नागरिकलाई लक्षित गरेर विभिन्न किसिमका स्वास्थ्य शिविरहरु निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।शिविरमा निःशुल्क रुपमा मुटुको परीक्षण, इको कार्डियोग्राफी, इसिजी र औषधी वितरण गरिनुका साथै परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टर, चिकित्सक, स्टाफनर्स, स्वास्थ्यकर्मीसहित ४० जनाको टोलीले बिरामीको उपचार गरेको थियो । सेभ द हार्टको आयोजनामा हालसम्म नेपालको २३ वटा जिल्लामा निःशुल्क मुटुरोगको शिविर आयोजना गरिएको बताइएको छ ।