सुरक्षित गर्भपतन: कानुनले मान्छ, समाजलाई कठिन
संविधान तथा यससँग सम्बन्धित थुप्रै कानुनले सुरक्षित गर्भपतन सेवालाई वैधानिकता दिए पनि समाजले भने अझै पनि सहज रूपमा ग्रहण गर्न सकेको छैन ।
आठ जना डिएसपी एसपीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
सेन्ट जेभियर्स र बूढानीलकण्ठ विद्यालयको भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गर्नुभएको छ । उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो ।
सोह्र प्रतिशतले घट्यो खाद्यान्न आयात
मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा खाद्यान्न (चामल, धान, मकै गहुँ, जौ, कोदो) आयात १६ प्रतिशतले घटेर ३२ अर्ब २९ करोड ९६ लाख रुपियाँ बराबरको आयात भएको छ । गत वर्ष सो अवधिमा ३८ अर्ब ८३ करोड ८५ लाख ७५ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम हो । मुलुकमा अधिकांश वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत कमी आएको हो । गत वर्षको तुलनामा चामल, धान र मकैको आयातमा कमी आएको छ । आन्तरिक उत्पादन वृद्धिसँगै बजारमा खाद्यान्नको माग कम हुँदा आयातमा समेत कमी आएको हो ।
आठ लाखभन्दा बढी विदेशीको आँखाको उपचार
क्यान्सर, मुटु, मिर्गौलालगायतका जटिल रोगको उपचारका लागि नेपालबाट बिरामी विदेश जाने गर्छन् तर आँखाको उपचारका लागि भने ठुलो सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घका अनुसार एक वर्षमा आँखा उपचारका लागि आठ लाखभन्दा बढी विदेशी नेपाल आएका छन् । नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले सङ्घ अन्तर्गतका अस्पतालमा उक्त सङ्ख्यामा विदेशी बिरामी उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । हाल सङ्घ अन्तर्गत २८ वटा आँखा अस्पताल र १५६ आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।
मन्त्री चौधरीको सक्रियतामा धर्नारत पक्षसँग सहमति
अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीति तयारगरी जायज माग सम्वोधन गर्न आन्दोलनरत पक्षसँग बुधबार सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीको अग्रसरतामा तीन बुँदे सहमति भएको हो ।
शुक्लाफाँटामा खरमजुरको अनुगमन
सुदूरपश्चिम प्रदेशमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजबाट अति सङ्कटापन्न खरमजुर चराको अनुगमन सुरु भएको छ ।
इन्द्रेणी तालको बाँध फुटेर पानी चुहावट हुँदा समस्या
झापा दमक वडा नम्बर १० मा रहेको यस क्षेत्रकै सबैभन्दा पुरानो इन्द्रेणी तालको संरक्षण र प्रवर्द्धनका लागि बनेको गुरुयोजना अनुसारको काम अघि नबढेको स्थानीयले बताएका छन्।
एमाले कास्की अध्यक्षमा अधिकारी
नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अधिकारी पाँचसय ५१ मतसहित विजयी बन्नुभएको हो ।
नरैनापुर ५ मा आगलागी हुँदा पाँच घरगोठ जले
नरैनापुर गाउँपालिका–५ इँटाभट्टा नजिकै बुधबार आगलागी भएको छ। आगलागीले तीन वटा घर र दुई गोठ जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव शालिकराम साहुले जानकारी दिनुभयो।
चार आरोपितमाथि आतङ्कवादको अभियोग
मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न भएको आरोपमा चारै जना संदिग्धलाई आतङ्कवादको अभियोग लगाइएको छ ।
मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला
द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ ।
पोखरा २२ को वन अतिक्रमण गर्ने २२ जनालाई मुद्दा
पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीभुम्दीमा वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय कास्कीले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मङ्गलबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
पाकिस्तानीको २० लाखभन्दा बढी तथ्याङ्क चुहावट
पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट) भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा)ले जनाएको छ ।
क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।
‘अस्पतालभित्रको लापरबाही सहय हुँदैन’
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल क्षेत्रभित्र कुनै किसिमको लापरबाही सहय नहुने बताउनुभएको छ ।
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।
एमाले अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली झापामा
नेकपा (एमाले) झापाको बिहीबारदेखि झापाको बिर्तामोडमा सुरु हुने ११ औ अधिवेशनको तयारी पूरा भएको सो दलले जनाएको छ ।
सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइईमा सहभागी हुँदै
बिहीबारबाट सुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ समुदायका तीन सय ५१, बोटे समुदायका १३ र माझी समुदायका १२ विद्यार्थी सहभागी हुन लागेका हुन् ।
अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन
औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।
जनकपुरधाममा धूमधाम होली मनाइयो
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार होली पर्व मनाइएको छ। मथिला समाजमा खानपानसँगै संस्कृति पनि जोडिएको हुनाले परम्परा अनुसार जनकपुरधामवासीले होली मनाएका हुन्।
भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी
गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन् । दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठुला सडक निर्माणले पुनः तीव्रता पाउने भएका छन् ।
कृषि मूल्य सूचना प्रणाली सार्वजनिक
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
नाउपाद्वारा सुदूरपश्चिम मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।