बेल्जियमको सुखद सुरुवात
बेल्जियमले कतारमा जारी विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह एफ अन्तर्गत अहमद बिन अली रंगशालामा बुधबार राति भएको खेलमा बेल्जियमले क्यानडालाई १-० गोलले हरायो ।
कोस्टारिकामाथि स्पेनको गोल वर्षा
फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को आफ्नो खेलमा स्पेनले कोस्टारिकामाथि गोलको वर्षा गरेको छ । अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले हरायो ।
उपाधि दावेदार जर्मनीलाई जापानको धक्का
चार पटकको विश्वकप विजेता जर्मनीलाई कतारमा जारी विश्वकप फुटबलमा एसियाली देश जापानको नमिठो धक्का लागेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार साँझ भएको समूह ‘ई’ को खेलमा जापानले जर्मनीलाई २–१ गोलले हरायो ।
पहिलो हाफमा जर्मनी अगाडि
कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को खेलको पहिलो हाफमा जापानमाथि जर्मनीले १–० गोलको अग्रता लिएको छ ।
क्रोएसिया र मोरोक्कोको बराबरी
क्रोएसिया र मोरोक्कोले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया र मोरोक्को गोलरहित बराबरीमा रोकिएको हो ।
घानासँगको खेलअघि युनाइटेडसँग रोनाल्डोको विछोड
कतार विश्वकपमा समूह चरणको खेल सुरु हुनुअघिनै पोर्चुगलका कप्तान एवं विश्व चर्चिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेटसँगको सम्झौता रद्द गर्नुभएको छ ।
अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा आज बिदा
कतार विश्वकपको माहोल विस्तारै तातेको छ । सहभागी सबै टोलीले समूहको पहिलो खेल खेल्ने क्रम जारी छ । तर, पहिलो खेलमै प्राप्त गरेको जितको उत्साह मनाउने क्रम पनि सुरु भएको छ ।
लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड मेक्सिकोसँग बराबरीमा रोकियो
पोल्यान्डका अनुभवी ट्राईकर रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्डले विश्वकप फुटबलको पहिलो खेलमा मेक्सिकोसंग अङ्क बाँडेको छ ।
साबिक विजेता फ्रान्सको सानदार जित
साबिक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत अल जानोब रङ्गशालामा मंगलबार राति भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोलले हरायो ।