उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत गरिएको छ ।
तनहुँ–१ को उपनिर्वाचनमा ७६० कर्मचारी परिचालन गरिने
आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि ७६० जना कर्मचारी परिचालन गरिने भएको छ ।
मतदाता सङ्ख्या बढ्दो, निर्वाचन खर्च घट्दो
मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ ।
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ।
नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्रीसहित शीर्ष नेताको बधाई
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिनुभएको छ।
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी
उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी हुनुभएको छ ।
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले मतगणना भर्खरै सुरु भएको जानकारी दिनुभएको हो।
उपराष्ट्रपतिको मतदान सम्पन्न : सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खस्यो
उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ ।
अध्यक्ष ओलीद्वारा मतदान
काठामाडौँ, चैत ३ गते । नेकपा(एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । रासस
कांग्रेस सभापति देउवाद्वारा मतदान
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा मतदान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।
महिलाको हक स्थापित गर्नेछु : उपराष्ट्रपति पदका उम्मेदवार झा
उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति निर्वाचन : सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान
उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ ।
उपराष्ट्रपति निर्वाचन :२२० मत खस्यो
सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
उपराष्ट्रपति निर्वाचन : किरियापुत्रीद्वारा मतदान
उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।
उपराष्ट्रपति पदका लागि मतदान सुरु
उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो ।
उपराष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गर्न आग्रह
भोलि (शुक्रबार) हुने उपराष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।
चितवन क्षेत्र नं. २ मा थपिए मतदाता
चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६४६ मतदाता सहभागी हुने भएका छन् ।
उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु
यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो ।
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।
उपराष्ट्रपति निर्वाचन : प्रमिला कुमारीको उम्मेदवारी फिर्ता
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
उपराष्ट्रपति पदको अन्तिम नामावली प्रकाशन : चारै जनाको उम्मेदवारी कायम
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।