विश्वविद्यालयमा तालाबन्दी गर्नु राम्रो होइन : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताउनुभएको छ । मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीले पठनपाठनसम्बन्धि उठाएका अन्य मागको सम्बोधन गर्न गम्भिर छलफल र संवाद भइरहेको बताउनुभयो ।
जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भ्याइनभ्याई
सरकारी विद्यालयमा पठनपाठन हुने पुस्तक निजी विद्यालयले पनि प्रयोग गर्न थालेपछि जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भ्याइनभ्याई भएको छ । स्थानीय तह निर्वाचनको मतपत्र छपाईमा व्यस्त भएको जनक शिक्षा सामग्री केन्द्रलाई पछिल्लो समय सरकारी विद्यालयका पुस्तक समयमै छाप्न हम्मेहम्मे परेको थियो । हाल भने निजी विद्यालयहरुले पनि सरकारी विद्यालयमा पठपाठन हुने पुस्तकहरु प्रयोग गर्न थालेपछि छपाइएको माग बढेको हो ।
एक सरकारी विद्यालयको अब्बल यात्रा
भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएसरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार्थी र शिक्षक दुवै पर्ने गरेका छन् । देशका सबै सरकारी विद्यालय एउटै वर्गमा पर्दैनन् भन्ने तथ्यको पुष्टि शिक्षकहरु गर्न सक्दैनन् । त्यसैले उनीहरु यो मारमा परेका छन् ।
शिक्षाका छ विधेयक ल्याउने तयारी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।
सात वर्षदेखि असरल्ल पुस्तकालय
प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को पुस्तकालय भवनको बाहिरी भित्तामा लेखिएको छ– प्रज्ञानेत्रो लोकः । अर्थात् विश्वलाई हेर्ने आँखा ज्ञान हो । तर ज्ञानलाई भण्डार गरी राखिएको पुस्तकालयमा सात वर्षदेखि अध्येता प्रवेश गर्न पाएका छैनन् । २०३० सालमा निर्माण भएको पुस्तकालय भवन निकै जीर्ण छ । भित्ता चर्किएका छन् । प्लास्टर उप्किएको छ । किताब असरल्ल छन् । कतिपय पुस्तकलाई चिस्यानले भेटिसकेको छ । पुस्तकालयभित्रका पुस्तकको सुरक्षाका लागि वैज्ञानिक उपचार विधि अपनाइएको छैन । विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले भन्नुभयो, “पुस्तकलाई कपुर र पङ्खाको हावाले सुरक्षा गरिएको छ ।” पुस्तकमा चिस्यान नहोस् भनेर दिनभरिजसो नै पङ्खा चलाउने गरिएको छ ।
नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ
वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।
गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी
शुक्रबार त्रिभुवन विश्वविद्यालयको अआङ्गिक क्याम्पस नेपाल ल क्याम्पसको ६८ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रिपति भण्डारीले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहम् भूमिका रहने बताउनुभयो ।
सहमतिमा निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसँग मन्त्री चौधरीले आउँदो मंसिरमा निर्वाचन गर्नेगरी छलफल भैरहेको बताउनुभयो ।