अज्ञात समूहद्वारा एक्साभेटर तोडफोड
अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेको छ। डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
भारतबाट भित्रिएको अवैध सामान निरन्तर बरामद
सीमापारीबाट भन्सार छलेर भित्रिएका सामान प्रहरीले लामो समयदेखि बेला बेलामा बरामद गर्दै आएको छ । प्रहरीले अवैध सामान पक्राउ गर्दै आए पनि चोरी पैठारी गर्नेहरु भने कहिलेकाँही मात्रै पक्राउ पर्ने गरेका छन् ।
रमेशको हत्या आरोपमा चारबिरुद्ध किटानी जाहेरी
कालीकोटको खाँडाचक्र नगरपालिका १० का रमेश शाहीको मृत्यु प्रकरणमा चार जनाबिरुद्ध किटानी जाहेरी दर्ता भएको छ । शुक्रवार राति संगै मदिरा सेवनपछि कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुविरुद्ध जाहेरी परेको हो ।
भन्सार छलीका सामानसहित सात जना नियन्त्रणमा
बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ ।
नवजात शिशु मृत फेला
हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीलाई ११ थान साइकल प्रदान
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गर्नुभएको छ ।
कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यहीँ रमाइलो’
बडादसैँ घर-घरमा हर्षाेल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरु त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।
दसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो
दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो ।
दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने
दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । कात्तिक १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । अब दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीले तोकिएको सर्तसहित स्वतन्त्ररूपमा बाहिरै बसेर जीवनयापन गर्न पाउने छन् ।