निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो
लक्ष्मी चौधरीजनकपुरधाम, कात्तिक १८ गते। कुमारी आमा निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ।करिब नौ महिनाको सङ्घर्षपछि महोत्तरी जिल्ला जलेश्वरकी निहारिका राजपुतको छोराको डिएनए धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको हो।विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको निहारिकाले जानकारी दिनुभयो।निहारिकाले २०७९ साउन २७ गते राष्ट्रपति कार्यालय, शीतल निवास अगाडि आत्मादाहको प्रयास गर्नु भएको थियो। त्यसपछि भदौ ५ गते तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि निहारिकाले अनशन तोड्नु भएको थियो ।सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग कुमारी आमा निहारिकाको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो। त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो। सो डीएनए रिपोर्ट श्रेष्ठसँग छोरासँग मिलेको शुक्रबार सार्वजनिक गरेको निहारिकाले बताउनुभयो।डिएनए रिपोर्ट आएता पनि सार्वजनिक गर्न नमानेपछि शुक्रबार निहारिका प्रधानमन्त्री निवास बालुवाटार गएर धर्नामा बस्नुभएको थियो। सो धर्ना पश्चात् रिपोर्ट सार्वजनिक गरिएको निहारिकाले बताउनुभयो। बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।
स्रोत नखुलेको रकमसहित पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज (बिहीबार) पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दाको बहस नसकिएपछि शुक्रबारको लागि ‘हेर्दाहेर्दै’मा राखेको हो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।
भारतीय नक्कली नोटसहित दुई जना पक्राउ
नेपाल प्रहरीले महोत्तरी जिल्लाको मटिहानीबाट भारतीय नक्कली नोटसहित भारतका दुईजना नागरिकलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिल कुमार शास्त्री र सितामढी चोरौत पूर्वी वडा न.१ बस्ने वर्ष २४ को मनिषकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सन्दीपसँगको बयान सकियो : ‘उक्साहटमा फसाइयो’
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो।
रोल्पामा लडेर एकको मृत्यु
गाउँबाट घर फर्किने क्रममा रोल्पाको ढाप्चा गाउँका एक युवकको लडेर मृत्यु भएको छ । प्रहरीकाअनुसार सोमबार दिउँसो दक्षिण रोल्पा स्थित रुन्टीगढी गाउँपालिका–१ ढाप्चा गाउँका ३१ वर्षीय लेखनाथ रानाको लडेर मृत्यु भएको हो ।
सन्दीपको बयान आजदेखि, १० देखि १२ वर्ष कैदको माग
राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो। प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो। मुद्दामा अब मङ्गलबारदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ।
क्रिकेटर सन्दीपविरुद्ध मुद्दा दर्ता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौं जिल्ला अदातलमा नाबालिका बलात्कार सम्बन्धी मुद्दा दर्ता भएको छ ।
कोहलपुरमा पतिपत्नी भेटिए रुखमा झुन्डिएको अवस्थामा
बाँकेको कोहलपुर–१३ मा पतिपत्नि रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय, कोहलपुरले दिएको जानकारीअनुसार कोहलपुर नगरपालिका १३ का ६० वर्षीय डम्बर बोहरा र ५७ वर्षीया पत्नी पावर्ती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था आइतबार दिउँसो फेला परेका हुन् ।
बत्तीस जना जुवाडे पक्राउ
तिहार पर्वमा गैरकानुनी रूपमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ तथा ललितपुबाट ३२ जना जुवाडे पक्राउ परेका छन्। काठमाडौँको नागार्जुन नगरपालिका–७, स्विट्जरल्यान्ड पार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यु रिसोर्ट प्रालिबाट १८ जनालाई नियन्त्रणमा लिएको छ।
तिहारमा तस्करी बढ्यो : सामान नियन्त्रणमा
चाडपर्व आएपछि नाकाबाट तस्करी र अवैध आयात निर्यात वृद्धि हुनेगरेको छ । तिहार सुरु भएपछि भारतबाट विभिन्न मालसामानको तस्करी भएको स्थानीयको भनाइ छ ।
१० वर्षपछि अभियुक्त पक्राउ
१५ वर्ष कैद सजाय भई फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं ६ बस्ने वर्ष २६ का शालिकराम थापालाई जिल्लाकै सितगंगा नगरपालिका वडा नम्बर ४ चक्लामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो ।
बेवारिसे बम पट्किँदा दुईको मृत्यु, तीन घाइते
कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । विस्फोटमा परी तीन जना बालबालिका घाइते भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका वडा नं १० रानाबाडामा ब्यवारिसे अवस्थामा भेटिएको बम विस्फोटनमा परी तिनीहरूको ज्यान गएको हो ।
सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमिति
नाबालिका बलात्कार आरोपमा प्रहरी हिरासतमा रहनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
गुल्मीमा गाई काट्ने चारजना पक्राउ
गुल्मीमा गाई काट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिक वडा नम्बर २ मा गाई काट्दै गरेका २२ वर्षीय रमेश बिक, २८ वर्षीय महलाल बिक, ६१ वर्षीय टोपबहादुर रसाइली र ३५ वर्षीया तारा बिकलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
सात लाख ५० हजार घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौँमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई घुस लिएको आरोपमा शुक्रबार नियन्त्रणमा लिएको छ । खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सहकारी कर्मचारीमाथि गोली प्रहार, लुटियो रित्तो झोला
सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्र प्रमुखमाथि बुधबार बिहान लुटेरा समूहले गोली प्रहार गरेको छ । सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा र दाहिने तिघ्रामा तीन राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सीमा क्षेत्रबाट १९ लाखभन्दा बढीका पटाका बरामद
सशस्त्र प्रहरीले मधेश प्रदेशका सीमा नाकाबाट ठूलाे परिमाणमा पटाका बरामद गरेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी मुख्यालयले मङ्गलबार (कात्तिक १ गते) गतेसम्म सबै सीमा नाकाबाट १९ लाख ७० हजार मूल्य रूपियाँ बराबरका पटाका नियन्त्रणमा लिएको जनाएको छ ।
सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सन्दीपलाई तेस्रो पटक अदालतमा पेस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९:४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
पूर्व सशस्त्र प्रहरी शाहद्वारा आफैलाई गोली हानी आत्महत्या
झापा गौरादह नगरपालिका ८ जुरोपानीमा घरायसी विवाद हुदा एक पूर्व सशस्त्र प्रहरीले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । मंगलबार राती ७ बजेको समयमा झापा गौरादह ८ का ३६ वर्षीय बिरन शाहले विवाद हुँदा आफ्नै दाजुको छोरा १५ वर्षीय हेमराज शाहलाई गोली प्रहार गरी घाईते बनाएका थिए ।
अख्तियारद्वारा दस मुद्दामा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका १० वटा मुद्दामा असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो। पुनरावेदन गरिएको मुद्दामध्ये आठवटा घुस तथा रिसवतसँग सम्बन्धित छन्। प्रश्नपत्रको गोपनीयता भङ्ग तथा गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइँसँग सम्बन्धी मुद्दा एक–एकवटा छन्। यी सबै मुद्दामा गत साउन ९ गते पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
फरक फरक स्थानबाट चोरी भएको मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जिल्लास्थित शहिदनगर नगरपालिका वडा नं. ५ का २० वर्षीय अजित पासवान र सोही जिल्लास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का २२ वर्षीय चन्दनकुमार झा रहेका छन् ।