एक दिवसीय विश्वकप छनोट : नेपाललाई यूएईको १८२ रनको लक्ष्य
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपाललाई प्लेअफ खेलमा जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले एक सय ८२ रनको लक्ष्य दिएको छ ।
एकदिवसीय विश्वकप छनोट : यूएईले चार विकेट गुमायो
यूएईविरुद्ध आज नेपालले गत साता वेस्ट इन्डिजसँग खेलेका तीन खेलाडीलाई परिवर्तन गरेको छ । ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा अर्जुन साउद, कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थानमा तीव्रगतिका बलर प्रतिश जिसीलाई मैदानमा उतारेको छ ।
परिचित यूएईसँग प्लेअफ खेल्दै नेपाल
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफ खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ ।
मूलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह
मूलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को शुक्रबार बसेको कार्यसमिति बैठकले माथिल्लो मूलपानी मैदानको नाम क्यानका संस्थापक एवम् पूर्व अध्यक्ष स्वर्गीय ‘जयकुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामाकरण गर्ने निर्णय गरेको हो ।
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो
मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
प्लेअफमा नेपालले यूएईसँग खेल्ने
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाल थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा
नेपाल मलेसियामा जारी एसीसी यू–१६ इस्ट रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले भारतका आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट–२०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।