नारायणघाट–बुटवल सडक खण्ड फेरि पूर्णरुपमा अवरुद्ध
पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
विद्यालयमा इजरायली आक्रमण : ७५ शवको पहिचान
इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन् । उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन् ।
बङ्गलादेशमा ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव हुँदैछ : युनुस
बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताउनुभएको छ ।
धेरै पैसा र ग्रिनकार्डको लोभमा पर्दा ...
वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छिन् ।
बेनीमा मानव कंकाल फेला, बेपत्ता परियारको भएको आशङ्का
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ ।
चट्याङ लागेर दश जना घाइते
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडा बस्ने भीमबहादुर चौधरीको घरमा अमट्टाको रुखमुनि टेन्ट हालेर खाना पकाइरहेकाहरु घाइते भएका हुन ।
किम्ची फास्टफुडलाई दुई लाख जरिवाना : ‘इको’ व्राण्डको पानीमा किरा भेटियाे
सिल गरेको बोतलको पानीमा अखाद्य वस्तु भेटिएपछि किम्ची फास्टफुडलाई दुई लाख जरिवाना गरिएको छ।
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो ।
तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।
रुस युद्धमा मारिएका पाँच नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण
रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
२४ लाख रुपियाँसहित विमानस्थलबाट पाँच भारतीय पक्राउ
बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
डेंगु सङ्क्रमण बढेपछि तनहुँका चार विद्यालय बन्द
डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ ।
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नुभएको हो ।
बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै
बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठकले १४ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले यही साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णय गरेको जानकारी दिनुभयो ।
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति
नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
उडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइलेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ ।
नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर जलेको भेटियो
हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार
बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनु भएको छ ।
दुई जना सचिवमा र एक जना एआइजीमा बढुवा
दुई जना सचिवमा र एक जना एआइजीमा बढुवा
मधेश प्रदेशमा पाँच राज्यमन्त्री थपिए : मन्त्रीको संख्या २० पुग्यो
मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।