गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने
गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिनुभएको छ ।
महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार
सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ ।
थाइल्याण्डको प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावात्रा निर्वाचित
थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध
अफगानिस्तानमा तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ ।
डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक आपत्काल घोषणा गरेको छ ।
युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्षको जेल सजाय
अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
उपसचिव अवधकिशोरलाई भ्रष्टाचार मुद्दा
मधेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जनकपुरधाममा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासहित चार जनाविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गठ्ठाघर दुर्घटना : प्रहरीद्वारा अश्रुग्यास प्रहार, यातायात ठप्प
भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
जापानमा ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य
जापानले एक हप्तादेखि लागू गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउन सक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानवीय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।
भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
बिहीबार शेयर कारोबार रकममा नयाँ कीर्तिमान
नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ रेकर्ड बन्दै गएको छ।सोमबार २७ अर्ब २४ करोड रुपियाँ बराबरको कारोबार गरेर नयाँ रेकर्ड नेप्सेले बिहीबार तोडेको छ।
सिन्धुलीमा बोलेरो दुर्घटना: दुईको मृत्यु, १३ जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकन्याबाट सदरमुकाम तर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियावारिमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिनुभयो ।
भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि
प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नुहुनेछ ।
सर्वोच्चको फैसला : ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्रीसम्बन्धी कानुन बनाउनू
सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।
प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित
प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिनुहुने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो ।
प्रतिनिधि सभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधि सभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
थाई प्रधानमन्त्री श्रेथा जिम्मेवारीमुक्त, अदालतको आदेशको सम्मान गर्ने भनाइ
थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ ।
‘अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ’
विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ।
गणेश राईको सिंहदरबार यात्रा
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजी सचिवालयमा गणेश राईलाई नियुक्त गर्नुभएसँगै उहाँ चर्चाको पात्र बन्नुभएको छ ।
अरुणमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह
रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।
नारायणघाट–बुटवल सडक खण्ड फेरि पूर्णरुपमा अवरुद्ध
पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।