रुकुम पश्चिममा जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
बिहीबार बिहान रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा भएको जिप दुर्घटना मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर वर्षा
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
नौ वर्षपछि बलात्कार मुद्दाको फैसला हुँदा छ वर्ष कैद सजाय
जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । दुई वर्षभन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाइ गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि नौ वर्षसम्म समय लागेको छ ।
बागमती प्रदेशमा सवारी भाडा आजबाट घट्ने
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ ।
पाँच बुँदे सहमतिपछि बिनु यादवले अनसन तोड्नु भयो
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनु यादवको अनसन तोडाउनु भएको छ । यादव १५ औँ दिनदेखि अनसनमा हुनुहुन्थ्यो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
संयुक्त समिति सञ्चालन नियमावली विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
कीर्तिमानी आरोही बुढा मगर सम्मानित
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गर्नुभएको छ ।
नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।
स्वैच्छिक अवकाश लिने शिक्षकलाई तीन लाख दिइने
दोलखाको तामाकोसी गाउँपालिकाले स्वैच्छिक अवकाश लिने शिक्षक लाई तीन लाख रुपियाँ दिने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक बिदा
भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
प्रतिनिधि सभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन
ग्यास जलनबाट घाइते भएर लामो समयसम्म उपचार गराउनुभएका सांसद चन्द्रकान्त भण्डारीले बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुभएको छ।
बीपी राजमार्ग सुचारु, छानबिन समिति गठन
गर्भवती महिलाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध बीपी राजमार्ग बुधबार दिउँसोदेखि सुचारु भएको छ ।
जडीबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने छु : वनमन्त्री महतो
नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडीबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
मनोहरा पुल क्षेत्रमा बनाइएका संरचना हटाइँदै
मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु गरेको छ ।
पाँच अर्ब ५० करोड लागतमा १७ पक्की पुल निर्माण गरिँदै
लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेको छ । बहुवर्षीय आयोजनामध्ये तीनवटा सम्पन्न भएका छन् भने नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगञ्जले जनाएको छ ।
आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै
सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
नवनियुक्त मन्त्रीको शपथग्रहण आज
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त हुनुभएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमीला कुमारीको शपथग्रहण आज (बुधबार) हुने भएको छ ।
सेयर बजारमा उच्च सुधार
लगातार ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजार उच्च अङ्कले सुधारिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि दुई अर्ब २० करोड रुपियाँभन्दा बढी भएको छ । पछिल्ला दिनमा एक अर्बभन्दा पनि तल सीमित रहेको कारोबार रकम तीन महिनायताकै उच्च सुधार आएको हो । सेयर बजारमा तीन महिनापछि दुई अर्बमाथि कारोबार भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : बुधबार अभियोजन दर्ता गरिने
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।
लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन बापत मिडियाले पाउने रकम नरोकिने बताउनुभएको छ।
दुई सय मिटरमा मकवानपुरलाई दुई स्वर्ण
हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत दुई मिटर दौडमा मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले स्वर्ण पदक जित्नुभएको छ ।
कांग्रेसका दुई र नेकपा (एस) का एक मन्त्रीद्वारा शपथग्रहण
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।