पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटना, १८ जना घाइते
म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले स्वागत गरेको छ ।
नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमति छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको बृहत्तर हितलाई केन्द्र विन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन् भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताउनुभएको छ ।
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराउनुभएको छ ।
प्लाष्टिकजन्य प्रदूषण निर्मूल पार्न सबैले सहयोग गरौँ : प्रधानमन्त्री
विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो ।
पाल्पाको जिप दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुग्यो
जिल्लाको रैनदेवी छहरा –८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पा दुर्घटना : तीन जनाको मृत्यु, १२ घाइते
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवरेडाँडामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
योजना आयोगले पायो पूर्णता : सदस्यहरूको जिम्मेवारी बाँडफाँड
राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगका नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।
प्रतिनिधि सभा बैठक सोमबारका लागि सर्यो
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी भोलि सोमबारका लागि सारिएको छ ।
राष्ट्रपति पौडेलद्वारा ६ जनालाई गैर आवासीय राजदूतमा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले उहाँहरूलाई आज सो पदमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रिय सभा बैठकमा पनि प्रतिपक्षी दलको अवरोध
नेकपा (एमाले) ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रिय सभाको आजको बैठक अवरुद्ध पारेको छ ।
प्रतिपक्षको नाराबाजीले प्रतिनिधि सभा बैठक स्थगन
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ ।
चालीस वर्षपछि नारायणी लिफ्टको मोटर फेरियो
पश्चिम चितवनमा सिचाइ गर्न नारायणी नदीको पानी तान्न बनाएको मोटर चालिस वर्षपछि फेरिएको छ ।
अधिक गर्मीले बालबच्चामा समस्या, होसियारी अपनाउन विज्ञको सुझाव
केही दिनयता झापा जिल्ला सहित पूर्वी नेपालका तराईका जिल्लामा गर्मी अधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ ।
तराईमा चल्न थाल्यो तातो हावा
सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताउनुभयो। मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।
टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ।
एमाले सचिवालय बैठक : सात उपाध्यक्षको कार्यविभाजन
नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा सात उपाध्यक्षलाई ३२ वटा समूहमा विभागको समूह बनाइ कार्यविभाजनका लागि संयोजक तोकिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
प्रहरीलाई प्रभावकारी बनाउन आत्मसमीक्षा आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढनुपर्ने बताउनुभएको छ।
सिटिइभिटीका तीन जना कर्मचारी सुनकोशीमा बेपत्ता
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारीहरू सवार गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
विराटनगर आइपुग्यो भारतको बथनाहाबाट छुटेको कार्गो रेल
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्नुभएपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो ।
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
फुकोट कर्णाली निर्माणका लागि विद्युत उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
नेपाल सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ ।