प्रधानमन्त्रीसँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिवको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गर्नुभएको छ ।
नेकपा एसको संसदीय दलको बैठक बस्दै
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ । बैठक बुधबार बिहान साढे १० बजे संसद् भवनमा बस्ने छ ।
प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेश हुँदै
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज (बुधबार) बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ ।
सरकार ढल्छ भन्नु अफवाह मात्रै होः सञ्चारमन्त्री शर्मा
मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताउनुभयो।
उपप्रधानमन्त्री खड्का र राष्ट्रसंघका उपमहासचिव जिनबीच भेटवार्ता
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संयुक्त राष्ट्र सङ्घको शान्ति अपरेसनका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सबीच भेटवार्ता भएको छ। मंगलबार रक्षा मन्त्रालयमा मन्त्री खड्का र उपमहासचिव जिनबीच भेटवार्ता भएको हो।
सर्वोच्चले माग्यो महानगर प्रमुख साहसँग लिखित जवाफ
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले महानगर प्रमुख साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।
मोबाइल प्रयोगले बालबालिकामा सर्वाङ्गीण विकासमा असर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ ।
बिहीबार इदको सार्वजनिक बिदा
नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
ललिता निवास प्रकरणमा पाँचजना पक्राउ
चर्चित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ ।काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान
कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जनाविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा
भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड ३३ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने बताउनुभएको छ ।
पशुपतिमा सुनको जलहरी परीक्षण र तौलने कार्य सुरु
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाएको सुनको जलहरीको परीक्षण तथा नापतौल सुरु गरिएको छ ।
दुई किलो सुनसहित कार चालक पक्राउ
लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट करिब दुई किलो सुनसहित कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ९३ करोड
कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि १ अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
पूर्व मन्त्रीको नेतृत्वमा सडक भत्काइयो
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मर्मत सम्भार गरेको सडक पूर्वमन्त्री नेतृत्वको टोलीले भत्काएको छ । विजयनगर गाउँपालिकाले वडा –६ थानखजहनी सडक ग्राभेल गरी मर्मत सम्भार गरेको सडक लुम्बिनी प्रदेशमा पूर्व उद्योग, पर्यटन तथा यातायातमन्त्री जानकी यादवसहितको टोलीले भत्काएको हो ।
विप्लव नेतृत्वको माओवादीद्वारा बानियाँको घर कब्जा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँको घर कब्जामा लिएका छन् । शनिबार दिउँसो बानियाँको घर घेराउ गर्दै उनीहरुले कब्जामा लिएका हुन् ।
महानगरका नीति तथा कार्यक्रम : मौलिकतासहितका सहरी पूर्वाधार निर्माणमा जोड
हरेक वर्ष जेठ १५ गते सङ्घीय बजेट र असार १ गते प्रदेशको बजेट सार्वजनिक गर्ने कानुनी व्यवस्थाअनुसार केन्द्र सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट ल्याइसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना रहेको बताउनुभएको छ ।
मन्त्री सिंहको शव यात्रा सहित अन्त्येष्टि गरिँदै
सवारी दुर्घटना परि निधन हुनु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह र उहाँकी धर्मपत्नी अमृतादेवी सिंहको शनिबार अन्त्येष्टि गरिने भएको छ ।
‘नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार’
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसंख्यक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको हो।