रासायनिक मलको चरम अभाव झेल्दै कृषक
तनहुँ, लमजुङ र गोरखाका कृषकले यस पटक पनि रासायनिक मलको चरम अभाव झेल्नु पर्ने भएको छ । तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले पर्याप्त मल आपूर्ति गर्न नसक्दा अभाव हुने भएको हो ।
कृषि मन्त्रीलाई किसानको प्रश्न : ‘नक्कली किसानले कहिले सम्म अनुदान खाने’
तरकारी खेतीको पकेट क्षेत्र बुद्ध भूमि १० झलवामा कृषि मन्त्री आउने भने पछि कृषकहरू हँसिला देखिन्थे । कसैले स्थानीय उत्पादन भएका काँक्रा देखी खरबुजा खुवाउने तयारी गरेको थिए ।
‘पाँच रुपियाँमा बन्दागोभी बेच्न मनले मानेन’
दाङको घोराही उपमहानगरपालिका –१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा पर्नुभएको छ।
तातोपानी नाकाबाट ३५ हजार टन युरिया मल आयात हुँदै
उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ ।
असिना पानीले गहुँबाली नष्ट
बाजुरामा असिना पानीले गहुँबाली नष्ट पारेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो ।
कपिलवस्तुका उखु किसान आन्दोलित
कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं पुगेका हुन् ।
स्याउमा झुसिलकिरा लागेपछि किसानलाई चिन्ता
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ मा रहेका स्याउ बगैंचामा झुसिलकिरा लागेर फल सखाप हुन थालेको छ ।
मस्यौदामै अल्झियो कृषि ऐन तथा कृषि नीति
नेपाललाई कृषिप्रधान देश भनिन्छ तर तपाईँलाई सुनेर आश्चर्य लाग्न सक्छ कि नेपालको कृषि बिनाऐन र नीतिबाट सञ्चालन भइरहेको छ ।
हावाहुरीले आँप बालीमा क्षति, किसान चिन्तित्
आइतबार साँझ आएको हावाहुरीका कारण धनुषाको आँपबालीमा ठूलो क्षति भएको छ । हावाहुरीका कारण रुखबाट आँप झरेपछि क्षति भएको किसानको भनाइ छ ।
स्याउ खेतीमा किसानको आकर्षण बढ्दो
पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो ।
कृषकलाई १० लाख रुपियाँ बराबरको औजार बितरण
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसानलाई कृषिऔजार बितरण गरिएको छ । नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकलाई साना कृषिऔजार बितरण गरिएको हो ।
हेलम्बुमा कक्षा १२ सम्म दिवा खाजा
हेलम्बु गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएको छ । सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको भए पनि हेलम्बु गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीलाई आफ्नै स्रोतले दिवा खाजा खुवाउँदै आएको हो ।
अन्तरबाली व्यवस्थापनबाट राम्रो आम्दानी
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले अन्तरवाली व्यवस्थापन गरेर राम्रो उत्पादन गर्न सक्ने उदाहरणका रुपमा आफ्नो फर्ममा तरकारी खेती सुरु गरेको छ ।
मैवाखोलाद्वारा आलुको मूल्य निर्धारण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आलुको मूल्य निर्धारण गरेको छ ।
खडेरीले सुक्नथाल्यो मकैको बोट
लामो समयसम्म पानी नपर्दा बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।
टीकापुरमा कृषकको आकर्षक कृषि र पर्यटन योजना
टीकापुर नगरपालिका –१ बनगाउँका किसानहरूले सामूहिक कृषि खेतीसँगै आकर्षक पर्यटन व्यवसायको योजना सुरु गरेका छन् । समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना नाम दिइएको कार्यक्रममा स्थानीय किसानले पाँच बिघा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेका हुन् ।
लम्पी स्किन रोगका कारण २२७ चौपाया मरे
खेतीपाती गर्ने बेला लम्पी स्किन रोगको प्रकोप फैलिएपछि यहाँका किसानहरू चिन्तित हुन थालेका छन् ।
धान उत्पादनमा वृद्धि तर आयात घटेन
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा नेपालमा १३ अर्बको चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत्र सम्म १२ अर्ब ९५ करोड ५ लाख ८१ हजार बराबरको चामल आयात भएको हो ।
कृषि बाली बिमाप्रति छैन किसानको आकर्षण
सरकारले कृषि बिमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण त्यसप्रति बढेको देखिएको छैन । २०७१ देखि सुरु भएको कृषि बिमामा हालसम्म दुई लाख किसान मात्र सहभागी भएका छन् ।
हरिनासमा ४७६ पशुको उपचार
हरिनास गाउँपालिका वडा नं. ६ दग्दीमा एक दिने पशु स्वास्थ्य शिविर गरिएको छ ।
दुर्गमको गोठमै रमाएका नन्दप्रसाद
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ ।
तरकारी खेतीले भरियो सल्यानको फाँट
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित सल्यान फाँट यतिखेर तरकारी खेतीले भरिएको छ ।
परिचयपत्रको आधारमा किसानलाई सेवा
झापाको दमक नगरपालिकाले नक्कली किसान बनेर अनुदान लिने र अनुदान लिएपछि बेखबर बन्ने कार्यलाई निरुत्साहित गर्ने जनाएको छ ।
लोपोन्मुख सुरेल समुदाय कृषि पेसामा आकर्षित
लोपोन्मुख सुरेल समुदाय कृषि पेसामा आकर्षित हुन थालेका छन् । बाँस तथा चोयाका विभिन्न सामग्री बुन्ने परम्परागत पेसा भएका उहाँहरूको घर आगनमै सडकको पहुँच विस्तार भएपछि कृषि पेसामा आकर्षित भएका हुन् ।