अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् ।
गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।
मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैं मौसमी हिसाबले केही प्रभावित बनेको थियो ।
बाँके जिल्लामा ३० दशमलव १ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ । जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र छवटा गाउँपालिका छन् । ती सबै स्थानीय तह गरिबीको सूचीमा परेका हुन् ।
नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।
निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।
कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विषाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् ।
नेपाल संवत्को नयाँ वर्ष ११४३ का लागि सात वटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् । चान्द्रमासअनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ ।
‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो ।
मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोट (थाम) को बिक्री बढेको छ । मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट प्रयोग गरिन्छ ।
सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताउनुभएको छ ।