सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन् । मतदाता भने परिवर्तनको पक्षमा छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ ।
तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो ।
बैंकिङ प्रणालीको सामान्य सिद्धान्तविपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।
पशुपति क्षेत्रमा बालाचतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ ।
युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दिनमात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने दुई दिनमात्र बाँकी छ ।
मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् ।
मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् ।
चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् ।