बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो ।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (शनिबार) चार खेल हुँदैछन् ।
तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
रुपन्देही–२ को प्रतिनिधि सभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ ।
तेह्रथुमको प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार किशोरचन्द्र दुलाल निर्वाचित हुनुभएको छ ।
बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।
बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभयो ।
झापा क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ ।
सुनसरी क्षेत्र न १ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो ।
काभ्रेपलान्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ ।
काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज (मङ्गलबार) काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाडौं क्षेत्र नं २ को मतगणना सुरु भएको छ । राजनीतिक दलका प्रतिनिधिबीच आपसी सहमति जुटाएर केहीबेरअघिदेखि मतगणना सुरु भएको सहायक मतदान अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।