कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभालाई सम्बोधन गर्न उहाँ आज गृहजिल्ला आउनुहुने भएको छ ।
राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ ।
मेमोरी किङका नामले परिचित अर्पण शर्मा (कट्टेल) लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिन भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउन त्यसमा लाग्ने योजना उहाँको छ ।
नेपाली माउन्टेन गाइड रामकाजी ‘प्रयास’सहित गरिमा भोयजका अध्यक्ष रवीन्द्र अर्याल र न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसो ११ बजे गाङछेँपोको चुचुरो चुम्न सफल हुनुभएको छ ।
वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।
स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार राष्ट्रिय विषय पनि यतिखेर दलहरूका घोषणापत्र तथा उम्मेदवारका प्रतिबद्धतामा समेटिएका छन् ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउनुहुने भएको छ ।
केही वर्षअघिसम्म ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ ।
भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो ।
काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा) को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ ।
झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।