प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ ।
भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले तीन हजार ३४२ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।
पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाउनुभएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त भएको छ । हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ । हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । छवटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई वडामा विजयी भएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम गर्नुभएको छ । प्रारम्भिक मतपरिणाम अनुसार उहाँले ४१० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाउनुभएको छ । उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणर्ना सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गर्नुभएको छ । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गर्नुभएको छ ।
ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा ९एमाले०की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ । मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ । कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाउनुभएको छ ।
चितवन, जेठ १ गते । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८ मत गणना गर्दा उहाँले ९८ मतले अग्रता कायम राख्नुभएको छ ।दाहालले एक हजार १०५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का विजय सुवेदीले एक हजार सात मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गर्नुभएको हो । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली काँग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाउनुभएको छ ।यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली काँग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गर्नुभएको छ ।गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ ।
पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गर्नुभएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो ।
थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ । पोखरा महानगरमा शनिबार अपराह्न ४ः१५ बजेदेखि मतगणना सुरु भएको हो ।
डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।
वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।