काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ ।
सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ ।
पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् । प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिनुभयो । थापा १४ हजार ७५८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नुभयो ।
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले घटेर ९५ हजार आठ सय रुपियाँ तोकिएको छ ।
मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् । गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले तीन हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा हुनुहुन्छ ।
चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गर्नुभयो । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोग्नुभएकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो ।
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ । दाहाल नौ हजार ४४७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले छ हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ ।
स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)ले अग्रता लिएको छ ।
सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार सात सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएको थियो ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।
नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो ।