कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ ।
गत साउन २७ गतेदेखि भक्तपुरमा शुरु भएको गाईजात्रा पर्व शुक्रबारदेखि पूरा गरिएको छ । मूल नाइके नरेन्द्रप्रसाद जोशीले जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको गाईजात्रा पर्व आज पुनःतलेजुको पूजा गरेपछि सम्पन्न भएको जानकारी दिनुभयो ।
बिहीबार राति आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण शुरु भएको हो ।
जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो
मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौ महानगरपालिकाको फोहोर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला चार सय रुपियाँले घटेको हो ।
आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट शुक्रबारदेखि सुरु गरेको छ ।
श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरबारस्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो मन्दिरमा दर्शनार्थी भक्तजनको भुइचो लाग्ने गर्दछ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ ।
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ ।
सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो । साइलेज )मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए ।
नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटामा प्रगति एक प्रतिशत र अर्कोमा तीन दशमलव पाँच प्रतिशत छ ।