गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपर्थ्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ ।
बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ ।
साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसमविज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो ।
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।
‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ ।
द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै विधेयक संसद्बाट पास गर्न नहुने उनीहरुको धारणा छ ।
निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार आठ सय ४७ मध्ये नौ हजार चार सय छ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताउनुभएको छ । उहाँले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवर्द्धनमा केन्द्रित हुुनुपर्नेमा जोड दिनुभएको हो ।
गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कँदा छोरालाई देख्नुहुन्न ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुआत गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो ।