मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।
अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा शनिबार काठमाडौं महानगरपालिकाले वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्याङ हटाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताउनुभएको छ । उहाँले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।
व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्त्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिनेछ ।
कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ ।
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक शुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति शुरु भइरहेको बताउनुभयो ।
कानुनको अभावमा अनुसन्धानका क्रममा ट्राफिक प्रहरीको नियन्त्रण (होल्ड) मा रहेका सवारीसाधनको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । कानुन निर्माणको मुख्य जिम्मेवारीमा रहेको संसदीय समितिको अध्ययन प्रतिवेदनमै उक्त विषय औँल्याइएको छ ।
काठमाडौं, भदौ ११ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीका कारण हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेशका थोरै स्थानका साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने जानकारी दिनुभयो ।
गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय रुपियाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रुपियाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा पाँच सय रुपियाँ जरिवाना गर्न लागिएको हो ।
संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवर्द्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ ।
जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ ।
आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हुँदैछन् । जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका खेलाडीलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन आजदेखि छनोट गर्न लागेको होे ।