सामान्यतया झोलुङ्गे पुल खोला वा नदी तर्नको लागि प्रयोग गर्ने गरिन्छ । तर धनकुटामा भने सिँचाईको लागि समेत झोलुङ्गे पुल उपयोगीसिद्ध देखिएको छ ।
काठमाडौं लगायतका अन्य मुख्य सहरहरुमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धले विकराल रुप लिदै आएको छ । तर धनकुटाको फोहोर ब्यबस्थापनको मोडेल देशकै नमुना बनेको छ । यहाँका फोहोर व्यवस्थापनको तरिका हेर्न देसैभरबाट आउने गरेका छन् ।
कुनैपनि फलफूलको खेती गर्न सरकारको आधिकारिक निकायले अनुसन्धान गरेर उपयुक्त ठहर्याएपछि मात्र राम्रो मानिन्छ । तर नेपालमा केहि बाहेक अधिकाशं फलफुल पहिले कृषकले उत्पादन सुरु गर्छन् । अनि मात्र सरकारी निकायले अनुसन्धान सुरु गर्ने गरेको पाइन्छ ।
प्रत्येक सुखदुखका कामकाजमा मासु र जाँडरक्सी जनजातिका लागि अनिवार्यनै हुन्छ अर्थात कुलमै चडाउनु पर्ने हुन्छ । तर धनकुटाको शहिदभूमि गाउँपालिकाको गुर्धम, रातमाटे, सुन्तलाबारी, चिच्चे, पोखरे, अखुवाटार, साम्वुगाउँ र सिरवानी गाउँका जनजातिहरु यो परम्परा भन्दा टाडा छन् । उहाँहरु गाउँनै जुटेर माछामासु नखाने र पशुपंछि समेत नपाल्ने गरेको पाइएको छ ।
धनकुटाका डिल्लीकृष्ण आले । ६५ वर्षीय आले आफूले देखे भोगेका जीवन र जगत्का चित्रहरुमा अनेक रंग भरेर सेवानिवृत्त जीवन सजाइरहेका छन् ।
दुइ दशक अघि सम्म धनकुटा पुग्ने जोकोहीको लागि प्रसिद्ध थियो, धनकुटाको सल्लेरी वन स्थित महेन्द्र पार्क । राजा महेन्द्रसँग जोडिएको उक्त पार्क त्यसयता बेवास्ता तथा बिभिन्न आन्दोलनको मारमा पर्दा जिर्ण थियो । तर अहिले स्थानीयबासीको सक्रियतामा महेन्द्र पार्कले पुरानै शैलीमा नयाँपन पाएको छ ।