विशाल सुनारदुल्लु, पुस २५ गते । त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा स्नातकोत्तर गरेका युवा नर्सरी सञ्चालन गरी सफल मात्र हैन गाउँकै उदाहरणीय बनेका छन् । दैलेखको डुंगेश्वर गाउँपालिका २ लाकुरीस्थित उम गाउँका सुनिलराज बिसी फलफूल प्रजातिका नर्सरी सञ्चालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । बिसीले वि.सं.२०७३ सालमा नेपाली विषयमा स्नातकोत्तर सकेर घर फर्किएका बिसीका बुवाको अकस्मात् निधनपछि पहिलो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न पुग्नुभयो । पराजयपछि सक्रिय राजनीतिलाई किनारा लगाएर पाटा परेका आफ्नै खेतबारीमा मिहिनेतको बीउ रोप्न थाले र छोटो समयमै एक सफल कृषक बन्न पुग्नुभयो । वि.सं. २०७७ सालमा ‘खड्ग बिसी पशुपन्छी तथा कृषि फर्म दर्ता गरी व्यवसायमा लागे । स्नातकोत्तरकै दौरान त्रिभुवन विश्वविद्यालयसँगै जोडिएको केन्द्रीय वागवानी अनुसन्धान केन्द्र, कीर्तिपुरमा समय बिताउने गर्नुहुन्थ्यो । अध्ययन केन्द्रमा आउने जाने साथीहरुसँगको सङ्गतमै नर्सरीसम्बन्धी आधारभूत जानकारी समेत लिइसकेका थिए । व्यवसाय सुरु गर्दा बिसीले अलैची नर्सरीबाट सुरु गरेका थिए । अलैँचीको बेर्नाबाट वर्षमा ७ लाख सम्मको आम्दानी समेत गर्दै आएका थिए । अन्य व्यापारीभैँ बिसीलाई पनि महामारीले प्रभावित ग¥यो र बेर्ना विक्री ठप्प भयो । उहाँले भन्नुभयो ‘कोभिडका कारण अलैँचीको बजार भाउमा व्यापक गिरावट आयो, अनि विभिन्न रोगको सङ्क्रमण पनि देखिन थाल्यो र अलैँची छोडेँ’ । अलैँची छोडेर तरकारीसँगै सुन्तला, कागती, ओखर, जुनारलगायतको बिजु बेर्नासहित कलमी बिरुवाको नर्सरी सुरु गरेँ । ‘कृषि अनुसन्धान केन्द्र दैलेखको एकमहिने तालिम र कृषि विकास कार्यालयमा कृषक प्रोत्साहन कार्यक्रम स्वीकृत भएपछि सीप र साधन दुवै प्राप्त भयो’ बिसीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कर्णाली प्रदेश सरकारले कृषिसम्बन्धी कस्तो नीति निर्माण गर्छ, त्यसैअनुसारको नर्सरी सञ्चालन गर्छु,’ । हाल ५ रोपनी क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आउनुभएको छ । नर्सरीमा हाल ग्राफ्टिङ् बिरुवा ५ हजार, बिजु बिरुवा ५ हजार, ट्राइफिलेट गरेका ५ हजार, कीर्तिपुर ग्राफ्टिङ ५ हजार बिरुवा छन् । त्यस्तै कागतीका बिजु बिरुवा ५ हजार छन् भने ओखरका १ हजार बिरुवा नर्सरीमा बेच्नका लागि तयार छन् । गतवर्ष ७ लाखभन्दा बढीको आम्दानी गरेका बिसीले यो वर्ष करिब ८० हजारको बेर्ना विक्रीबाट तेब्बर आम्दानी गर्ने लक्ष्य राखेका छन् । डेढ लाख बीउ पुँजी लगानीबाट व्यवसाय सुरु गरेका फर्ममा अहिले झण्डै ५० लाखका बेर्नाहरु छन् । यो वर्षदेखि टिमुर, कफीसहित मसलाको बालीको बेर्ना राख्ने तयारी गरेका छन् ।‘पढे लेखेका मान्छे भएर के दुःखी कर्ममा लागेको होला’ भन्दै गाउँलेहरुले नभनेका पनि होइनन् तर पढे लेखेकाले नै केही गर्नैपर्छ भन्नेमा बिसी दृढ छन् । बिसीकै केही गर्नुपर्छ भन्ने हुटहुटीले आफूमात्र हैन समुदायलाई नै तरकारी व्यवसायमा प्रेरणा थपेका छन् । नर्सरी स्थापना गरेयता सुन्तला, कागतीका एक हजार बिरुवा निःशुल्क वितरण गरिसकेका छन् भने व्यावसायिक परामर्शसमेत दिन्छन् । व्यवसायमा लागेदेखि जिल्लास्तरबाट सम्बन्धित कार्यालयको नियमित अनुगमन तथा सल्लाह र सहयोग पाइरहँदा थप हौसला मिलेको उहाँको भनाइ छ ।
नेपालगन्जमा केही दिनयता दादुरा सङ्क्रमण तीव्ररूपमा फैलिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको ५, ७ र ८ नम्बर वडामा पुस १३ गतेदेखि फैलिएको दादुराबाट हालसम्म ६३ जना बालबालिका संक्रमित र एक जनाको मृत्यु भएको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाको तथ्यांक छ ।
भारतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाको क्षेत्रीय च्याप्टरको भेला आगामी महिना नेपालगञ्जमा हुने भएको छ ।
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट गर्नुभएको छ ।
चितवनमा आइतबारदेखि जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपंक्षी गणना शुरु गरेको हो ।
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आउनुभएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गर्नुभएको छ ।पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो ।
डेढ करोड खर्च खर्चिएर पूर्णता नपाएको जिल्लाको एक मात्र बसपार्क स्थानीयको श्रमदानसँगै सञ्चालनमा आउने भएको छ । जिल्ला सदरमुकाम गमगढीमा निर्माण गरिएको उक्त बसपार्क माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको हो ।
रावाबेंसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा आएको छ । कोभिड–१९ को कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुनः गाउँपालिकाले सञ्चालनमा ल्याएको हो ।
बाँकेका वरिष्ठ साहित्यकार महानन्द ढकालको उपन्यास ‘ब्रुहान’लाई २०७९ सालको उत्कृष्ट पठनीय कृति सम्मान प्रदान गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घको लुम्बिनी प्रदेश शाखाले सो सम्मान गरेको हो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा यसको प्रयोग भइरहेको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको आर्थिक र सामाजिक जीवनस्तरमा परिवर्तन ल्याउनु अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणाममुखी पहल गरिने बताउनुभएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि सो नियन्त्रण अभियानलाई तीव्र पारिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।