केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भए पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारी छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १४८ जनाको पीसीआर परीक्षण गर्दा सातजनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्थानीय तह निर्वाचन प्रतिको उत्साह इलाम जिल्लाभर देखिएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन् । इलामको माइजोगमाई गाउँपालिका–१ मा बुबाको किरियामा बस्नु भएका तोयानाथ दाहाल र प्रेम दाहालले मतदान गर्नुभएको छ ।
काभ्रेका चार मतदान केन्द्रमा मतदान रोकिएको छ। जिल्लाको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एमालेले एकलौटी रुपमा मतदान गरेको आरोप लगाउँदै एमालेका बुथ प्रतिनिधिमाथि हातपात गरेपछि मतदान रोकिएको हो।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गृहजिल्ला इलाम पुगेर मतदान गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गृहजिल्ला इलाम पुगेर मतदान गर्नुभएको छ ।
काठमाडौंको महारागञ्जस्थित कान्ति बाल अस्पतालले दुई दिन बिदा नदिने निर्णय गरेको छ ।
काठमाडौं, वैशाख ३० गते। निर्वाचन अयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ। शुक्रबार स्थानीय तहको मतदान गर्दा भट्टराईले मतपत्र सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ।’’
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३० गते । नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानका विषयमा विवाद हुँदा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन बाह्रबिसे नगरपालिका–३ क्षमादेवी मावि मतदान केन्द्रमा झडप भएको छ ।स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाईफाइरिङ गरेको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले झडपमा एमाले र कांगे्रसका चारजना कार्यकर्ता घाइते भएका छन् ।उक्त झडपलाई नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले हवाई फयारिङ गर्नु परेको जानकारी दिनुभयो । झडपपछि मतदान रोकिएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा सबै दल मतदान सुचारु गर्न सहमतीमा पुगेको इन्स्पेक्टर न्यौपानेले बताउनुभयो ।त्यस्तै, मतदानमा खटिएका कर्मचारीलाई काँगे्रस प्रतिनिधिले ले मःम, फुर्टी खाजा ल्याइदिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा विवाद भएको छ । सुरक्षाकर्मी र काँग्रेस कार्यकर्ताबीच झडप भई मतदान रोकिएको छ ।धुस्कुनस्थित महेन्द्रप्रताप मावि मतदान केन्द्रमा भइरहेको मतदान समयमा मःम र अन्य खाजा ल्याएपछि सुरक्षाकर्मीले खाजा खुवाउन नदिएपछि झडप भएको थियो ।झडपले उग्ररुप लिएपछि सो मतदान केन्द्रको सबै मतपेटीका सुरक्षाकर्मीले मतदान केन्द्रको कोठाभित्र सुरक्षित तरिकाले राखेको स्थानीय सञ्चारकर्मी सीमा तामाङले जानकारी दिनुभएको छ । यसबारे जिल्ला प्रहरी कार्यालयले घटनाको विवरण संकलन गरिरहेको जनाएको छ । उक्त मतदान केन्द्रमा दुई हजार नौ सय मतदाता छन् । अहिलेसम्म एक हजार मत खसेको छ ।
काठमाडौं, वैशाख ३० गते । बलिउड अभिनेत्री दीपिका पादुकोण 'लुइस भिटन'को ब्रान्ड एम्बेसेडरमा नियुक्त हुनुभएको छ । फ्रान्सेली लक्जरी हाउसले जारी गरेको विज्ञप्तीमार्फत पादुकोणलाई ब्रान्ड एम्बेसेडर नियुक्तिको घोषणा गरेको हो । भारतीय सञ्चार माध्यमले जनाएअनुसार फ्रान्सको लक्जरी ब्रान्डको एम्बेसेडर बन्ने उहाँ पहिलो भारतीय अभिनेत्री हुन्। 'दीपिका सफल भारतीय अभिनेत्रीको रूपमा चिनिनुहुन्छ, उहाँका उपलब्धिहरूले उहाँलाई हाल आइकन बनाएको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले स्थानीय तह निर्वाचनका लागि मतदान गर्नुभएको छ । उहाँले खार्पुनाथ गाउँपालिका–५ को मानधारा मावि भकुण्डाको मतदान केन्द्रमा मतदान कार्य गर्नुभएको हो ।
मतदानकै क्रममा लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान स्थलमा दुई पक्षबीच विवाद भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । झडपमा अहिलेसम्म १५ जनाको टाउकोमा चोट लागेको जनाइएको छ ।
मतदान गर्न लाममा बसेका तथा मतदान स्थल बाहिर रहेका मतदाताको प्यास मेटाउन चन्द्रपुर–३ स्थित जीवनज्योति इङ्गलिस बोर्डिङ् स्कुलका छात्र छात्रा तथा शिक्षकले स्वच्छ पिउने पानी वितरण गरेका हुन् ।
रुकुम पूर्वमा किरियापुत्रीले मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचनको मतदानको दिन जिल्लाको सिस्ने गाउँपालिका–५ टाकुराका एकाघरका चारजना किरियापुत्रीले मतदान गर्नुभएको हो । गीता शाह, मोहन शाह, सरिता शाह र डम्मरी कुमारी शाहले मतदान गर्नुभएको हो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको जनाएको छ।