बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित हुनुभएको छ । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । वरिष्ठ पत्रकार अर्याल त्रिभूवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार विषयमा प्राध्यापन गर्दैआउनुभएको छ ।
धरान उपमहानगरपालिकामा धरान स्थापना दिवसको अवसरमा तीनदिने धरान उत्सव सुरु भएको छ ।
महिलाहरूलाई सीप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको क्रिस्टलको गहना बनाउने चार दिने तालिम सम्पन्न भएको छ ।
यही मङ्सिर ९ गते हाम्रो विद्यालयले हामीलाई चिडियाखानाको भ्रमण लगेको थियो । विद्यालयको तर्फबाट मेरो शिक्षकले भनेअनुसार बिहान ९:३० बजे विद्यालय पुगेँ । चिडियाखाना जानका लागि नर्सरीदेखि ५ कक्षासम्मका विद्याथी थियौँ । शिक्षकले बताउनुभएअनुसार विद्यार्थीहरू चौरासी जना थिए भने शिक्षकहरू पाँच जना थिए । १०:३० बजे बस विद्यालयको चौरबाट गुड्यो । बसको झ्यालबाट बागमती नदीको पुलबाट मैले चोभार भन्ने ठाउँ पनि देखेँ । बस नख्खु हुँदै एकान्तकुनाबाट चक्रपथमा पुग्यो । त्यहाँ ट्राफिक जाम रहेछ । हाम्रो बसको चालकले ट्राफिक प्रहरीको इसाराअनुसार बस रोक्नुभयो । ठाउँठाउँमा ट्राफिक नियम पालना गर्दै बस अगाडि बढ्यो । प्रत्यक्ष देख्दा झन् रमाइलो लाग्यो ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पाँच दिनभित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भए पछि उद्योगमा लागेको ताला खुलेको छ ।
‘अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत्’ अर्थात् जो आफूलाई जान्दैन त्यो आफ्नै शत्रुतुल्य छ । आफूलाई जान्न, आफू आफ्नै शत्रु हुनबाट बच्न, आफूले आफूलाई चिह्न तथा म को हुँ ? भनी बोध गराउन धेरै महापुरुष तथा सद्गुरुहरूले जन्म लिनुभयो । हामीले उहाँहरूलाई चिन्न सकेनौँ र अहिले त्यस्ता कति सन्त, योगी, महात्माहरूको नाम–परिचय नै छैन । उहाँहरू चतुराक्षर शब्द इतिहासकै भएर पनि अस्तित्वको इतिहासमै मात्र अट्नुभयो, हाम्रो इतिहासमा अट्नु भएन । तैपनि हामी भाग्यमानी छौँ र गर्व गरौँ कि हाम्रो इतिहास र हाम्रो दर्शनमा दर्शन प्राप्त द्रष्टा अष्टावक्र हुनुहुन्छ । जो एक्लैको छहारीमा सबैले शीतलता प्राप्त गर्न सक्छाैँ । जसका वाणीका वाणले अज्ञानता र अन्धकारको जालो छेडी ज्ञानको आभामा प्रवेश गर्न सक्छौँ । जसको सामीप्यमा नबलेको दीपले ज्योति प्राप्त गर्छ भने मन्द ज्योति प्रज्वलित भई बल्छ ।
बैतडीको अन्न भण्डारका रूपमा परिचित बैतडीको पाटनमा लगाइएको गहुँखेती । यहाँ अन्न उत्पादन राम्रो हुने गर्दछ । वार्षिक रूपमा तीन पटक सम्म अन्न उत्पादन हुने गर्दछ ।
कर्णाली कोरिडोर अन्तर्गतको सिमिकोट हिस्सा सडक खण्डको नारा लेकमा तीन महिनापछि सडक सुचारु भएको छ । गाउँपालिकाले मेशिन (डोजर) लगाएर नारा लेकमा जमेको हिउँ पन्छाएपछि यातायात सुचारु भएका हाे ।
विद्यालयले जाडो महिनाको बिदा दिएसँगै नृत्य प्रशिक्षण केन्द्रमा बालबालिका र युवाको भीड बढेको छ। केही वर्षअघिसम्म सोखका रूपमा हेरिने नृत्य हाल हरेक मानिसका लागि अनिवार्य बन्दै गएको छ। फुर्सदको समयमा केही नयाँ कुरा सिक्ने उद्देश्यले यस्ता केन्द्रमा भीड हुने नृत्य प्रशिक्षकको अनुभव छ। मनोरञ्जनसँगै शारीरिक तन्दुरुस्तीका लागि नृत्य अनिवार्य बनेको नेपा डान्स एकेडेमीका रिना महर्जन बताउनुहुन्छ।
अभिनेता विजय लामा चलचित्र ‘अन्तिम संस्कार’मा प्रमुख भूमिकामा देखिनुभएको छ। चलचित्रलाई प्रदीप शाहीले निर्देशन गर्नुभएको हो। अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ अनुबन्धित हुनुभएको थियो। यसैले पनि चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उहाँको भनाइ छ। ‘मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनु भएको थियो। उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो। चलचित्रलाई मैले मेरो बुवाले दिएको अन्तिम उपहारका रूपमा लिएको छु।
साँखुमा लाग्ने एकमहिने श्रीस्वस्थानी व्रत कथा तथा शालीनदी मेलाको तयारी पूरा भएको छ। माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठल मेला भर्न आउने तथा व्रतालुलाई सहज हुने तरिकाले काम गरेको जानकारी दिनुभयो। उहाँले व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुको सेवाका लागि सबैभन्दा पहिले लागत सङ्कलनका लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिने, व्रतालुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सरसामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको जानकारी दिनुभयो। एकमहिने मेलामा ३० देखि ३५ लाख धर्मावलम्बी आउने श्रेष्ठको अनुमान छ।
कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्दै आएका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन्। समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले धुमधामसँग मनाउनका लागि हप्तादिन अगाडिबाटै तयारीमा जुटेका हुन्। माघ थारू समुदायको नयाँ वर्ष पनि हो। थारू नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्छ। सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि रहेकाले धुमधामसँग मनाउने गरिएको कैलारी गाउँपालिका–१, रानामुडाका मनोज चौधरीले बताउनुभयो। उहाँका अनुसार गाउँघरतिर मानिसहरू पर्वको तयारीमा जुटेका छन्। माघ पर्वमा बङ्गुरको मासु नभई नहुने तरकारीको परिकार हो। “माघमा बङ्गुर मार्ने र मासु लिनेको लिस्ट १०/१५ दिनअगाडि नै बनिसकेको छ,” उहाँले भन्नुभयो।