प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक सङ्क्रमणमा सम्पन्न निर्वाचन निष्पक्ष रूपमा पूरा गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताउनुभयो ।
नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो।
प्रतिनिधि सभाको नियमावली संशोधन प्रक्रिया अघि बढाउन सभामुख देवराज घिमिरेले राजनीतिक परामर्श सुरु गर्नुभएको छ। सभामुख घिमिरेले नियमावली संशोधनको समिति गठन प्रक्रिया अघि बढाउन सोमबार प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गर्नुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उहाँले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताउनुभएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
दैलेखको दुल्लु नगरपालिका –९ पादुकामा उद्धार गरेको ३६ घण्टापछि चितुवा मरेको छ । दुल्लूबाट दैलेख वन डिभिजन कार्यालय ल्याउँदै गर्दा चितुवा मरेको हो ।
सरकारले हरवा चरवालाई मुक्त घोषणा गरेको भए पनि पुनर्स्थापना नभएको भन्दै हरवा चरुवा प्रतिनिधिहरू आफ्नो माग लिएर सिंहदरबार पुगेका छन् । सरकारले गत साउन २ गते नै हरवा चरुवा मुक्त घोषणा गरेको थियो ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । यस प्रतियोगितामा सिजन २०२१/२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्व पदीय मर्यादा विपरीत काम गरेको आरोप लागेको छ ।
मिसेस नेपाल आइडल २०२३ को उपाधि इलामकी सजना खत्री केसीले जित्नुभएको छ । राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा उहाँले मोष्ट इन्टिलिजेन्ट र मोस्ट पपुलर उपाधिसहित चाँदीको ताज पहिरन सफल हुनुभएको हो ।
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धी सचिव प्रभातकुमारले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा पूर्वाधार खरिद गर्दा भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता गर्नुभएको छ ।
नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयतामा ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा हुने भएको छ ।
विश्व मगर सङ्घ बेल्जियमद्वारा आयोजित माघेसंक्रान्ति २०२३ कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो सहरमा सम्पन्न भएको छ ।