दार्चुलाको व्यास गाउँपालिका –१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज दिउँसो १२ बजेदेखि फेरि बन्द भएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको आर्सनलले चेल्सीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोलले हरायो ।
सरकारले वैशाख २४ गतेका लागि संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट सो निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सचिवालयले जनाएको छ ।
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनालाई १–० गोलले हरायो ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले बुधबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सञ्चारकर्मी र अन्य नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो ।
सोभियत सङ्घले सन् १९६२ अक्टोबरमा क्युबाली धर्तीमा परमाणु क्षेप्यास्त्र तैनाथ गर्न लागेको विषयलाई लिएर विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र सोभियत सङ्घ आमुन्नेसामुन्ने भएका थिए ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट –२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास आदि बुझिन्छ । गेडागुडीमा धेरै मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यिनलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ ।
नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ।