मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको हो ।
समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भयो ।
सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहनुभएको छ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वोच्च पदमा पुग्नुभएका पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिनुहुन्छ ।
आज १६ औं गणतन्त्र दिवस । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा १६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ ।
एक समयको कुरा हो, कक्षा ५ मा पढ्ने सौरभ नामको एउटा केटा थियो । साथीहरूलाई जिस्क्याउन, झगडा गर्न अनि दुःख दिनमा उसलाई निक्कै आनन्द आउथ्यो । आफ्ना कारणले अरूले दुःख पाएको र रोएको देख्दा उसलाई निकै रमाइलो लाग्थ्यो । सौरभको गलत स्वभावका कारण उसलाई कसैले पनि मन पराउँदैन थिए । उसको उदण्ड स्वभावका कारण उसको सामुन्नेमा केही भन्न नसके पनि सबैले सौरभलाई गाली गर्ने र सराप्ने गर्दथे । विद्यालयका शिक्षक, घरपरि
चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ ।
जता हेर्छु, अनौठो खालका परिदृश्य मात्रै देख्छु । पहिला पहिला त्यति घटित नभएको अवस्थासँग त्यसलाई तुलना गर्दा पूरै नयाँपनको आभास उपलब्ध छ भन्न सकिन्छ । यद्यपि पछिल्लो समय सूचकका रूपमा बारम्बार उस्तै घटनाहरूले पुनरावृत्तिको रूप लिन थालेपछि भने त्यो परिवेश नै नयाँ परिघटनाहरूको लक्षित उद्देश्यमा अलग र पृथक् स्वरूप लिएर आविष्कार हुने हदसम्म नपुग्दोरहेछ, र
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनु भएको छ ।
युवापुस्तामा ‘बबल टी’ को क्रेज दिनानुदिन बढ्दो छ । फेसनका रूपमा चलेको यो चिया छोटो समयमा लोकप्रिय हुँदै छ । ‘बबल टी’ अन्य चिया जस्तो तातो हुँदैन, यो चिसो पिउने हो । यो चिया ‘आइस टी’ जस्तै हुन्छ ।
इराकमाथि सैन्य कारबाही गर्न हुँदैन भनी अरब क्षेत्र मात्र होइन सारा विश्व समुदायले आवाज उठाएको थियो । अमेरिका र बेलायतमासमेत सैन्य कारबाहीको विरोधमा ठूला प्रदर्शन भएका थिए । संयुक्त राष्ट्रसङ्घले समेत
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आइतबार योजनाबद्ध विकासमार्फत वित्तीय सुशासन, गुणस्तरीय पूर्वाधार एवम् सामाजिक क्षेत्रको विकासमा जोड दिइने बताउनुभयो। उहाँले आधारभूत आवश्यकतामा नागरिकको सरल र सहज पहुँच विस्तार, प्रभावकारी सेवा प्रवाह र स्रोत साधनको उच्चतम परिचालनमार्फत सन्तुलित विकासमा जोड दिइने बताउनुभयो।
सिन्धुलीको कमलामाई नगरपालिकामा बीपी राजमार्ग अन्तर्गत दायाँबायाँ किनारामा बन्ने घरको नक्सापास रोकिएपछि जग्गाधनी आन्दोलित बनेका छन्। उक्त सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१/३१ मिटरभित्र घरको नक्सापास नगरपालिकाले रोकेपछि सुकुमवासी बन्ने सम्भावना देखेर आन्दोलित हुनु परेको जग्गाधनीको गुनासो छ। उनीहरूका अनुसार बिपी राजमार्ग निर्माणको बेलामा २०५८ सालतिर नै सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ १५/१५ गरी ३० मिटर जग्गाको मुआब्जा जग्गाधनीले बुझेका थिए तर अहिले नगरपालिकाले त्योभन्दाबाहेक दायाँबायाँ थप १६/१६ मिटर जग्गा सडकको क्षेत्राधिकार भन्दै नक्सापास रोकेको छ।