रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएका छन् ।
नेपालगन्जमा निर्माणको अन्तिम चरणमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा ल्याउने विषयमा आवश्यक गृहकार्य सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ४४.३६ हेक्टर क्षेत्रफलमा निर्माणको अन्तिम चरणमा रहेको सो जाँच चौकी सञ्चालनमा ल्याउने विषयमा सोमबार मात्रै नेपाल र भारतका अधिकारीले संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् । भारतको परराष्ट्र मन्त्रालयका सहसचिव, ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डिया, आइसिपी रुपैडिया, रुपैडिया कस्टम, एसएसबी इन्डियालगायतका निकायका अधिकारी र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रको संयुक्त टोलीले नेपालगन्ज एकीकृत जाँच चौकीको स्थलगत अनुगमन गरेका थिए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना पुनः सञ्चालनको सम्भावना रहेको बताउनुभएको छ । कारखाना र त्यसले प्रयोगमा ल्याएको खानीको बुधबार निरीक्षण गर्दै उहाँले सामूहिक प्रयासबाट पुनः सञ्चालन गर्न सक्ने अवस्था रहेको बताउनुभएको हो । सरकारले अनुदान दिएर मात्र उदयपुर सिमेन्टको समाधान ननिस्कने भएकाले व्यवस्थापन र श्रमिकले जिम्मेवारीबोध गर्नुपर्ने अर्थमन्त्री डा. महतको भनाइ थियो । “कसले जिम्मेवारीबोध नगर्दा यो अवस्था सिर्जना भयो ? यसको हामी सबैले मूल्याङ्कन र विश्लेषण गरौँ,” उहाँले भन्नुभयो, “विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नु पर्छ ।” निजी क्षेत्रले सबै जोखिम आफूले लिएर नाफा कमाउन सक्ने तर उदयपुर सिमेन्टले भने सञ्चालन खर्चको दायित्व पूरा गर्न नसकेकामा उहाँको गुनासो थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै मन्त्रालयका मन्त्री तथा सचिवलाई मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्न सुझाव दिएको छ । आयोगले केही समयअघि नेपाल सरकारका सचिव, सार्वजनिक संस्थान, विभागीय प्रमुख तथा नियामक निकायका प्रमुखसँग गरेको अन्तर्क्रियाको विश्लेषण गरेर यस्तो सुझाव दिएको हो । आयोगले नेपाल सरकारका सचिव र विभागीय प्रमुखसँग तथा सार्वजनिक संस्थान र नियामक निकायका प्रमुखसँग छुट्टाछुट्टै अन्तर्क्रिया गरेको थियो ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मङ्सिर २२ गतेदेखि किसानका खेतमा पुगेर धान लेखाजोखा गर्न व्यस्त छन् । एक याममा ५० मुरीभन्दा धेरै धान फलाउनेलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने नीति ल्याएपछि गाउँपालिकाका जनप्रतिनिधि पुरस्कार दाबी गर्ने किसानको खेत र खलामा धान भर्न व्यस्त भएका हुन् । गत असार १० गते सम्पन्न गाउँ सभाबाट एक याममा ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई नगद ३० हजार रुपियाँ र एक सय मुरीभन्दा धेरै फलाउनेलाई ५० हजार रुपियाँसहित सम्मान गर्ने कार्यविधि पारित गरेको थियो । गाउँपालिकाले सो मापदण्ड अनुसार धान फलाउने किसानलाई दाबी पेस गर्न आह्वान गरेको थियो । जस अनुसार गाउँपालिकाभरिका ४२ जना किसानले पुरस्कारका लागि योग्य भएको दाबीसहित निवेदन दिएका थिए ।
रुसी सेनामा कार्यरत अर्का एकजना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताउनुभएको छ ।
ताप्लेजुङस्थित पूर्वकै ऐतिहासिक पुसेमेला स्वर्ण महोत्सवमा सञ्चालित अन्तर जिल्लास्तरीय पुरुष भलिबलमा स्थानीय मुकेश मेमोरियल क्लब र झापाको पाथीभरा टाइगर भलिबल क्लब दमक, झापा फाइनलमा पुगेका छन् ।
आँधीखोला गाउँपालिकाले गरेको चौँथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा श्रवण माबि पहिलो बनेको छ । १० स्वर्ण, १० रजक र १० कांस्य पदकमा भएको प्रतिस्पर्धामा श्रवण माबि बाङ्सिङ्गले तीन स्वर्ण र दुई कांस्य प्राप्त गर्दै रनिङ शिल्ड जितेको हो ।
कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा टिपर नियन्त्रणमा लिएको छ ।
तानसेनमा तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ सिल्ड टि २० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । तानसेन नगरपालिका र खेलकुद विकास समिति पाल्पाको आयोजना तथा क्रिक्रेट संघ पाल्पाको व्यवस्थापनमा प्रतियोगिता हुनेभएको हो ।
एन्जल्स हार्टले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार सफलता हात पारेको छ । एन्जल्स हार्टले ट्रिनिटीलाई ७९–६४ ले पराजित ग¥यो । एन्जल्स हार्टका सागर परियारले २३ स्कोर गर्नुभयो ।
बागलुङको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमाना घोडाबाँधेदेखि देखिएको माछापुच्छ्रे हिमश्रृङ्खला ।
नेपाल सुपर लिग (एनएसएल) को उपाधि दौडमा रहेको धनगढी एफसीलाई झापा एफसीको नमिठो झट्का लागेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हरायो ।