प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।
मोरङको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकामा सोमबार तीन जनाको शव भेटिएको छ ।
वर्षा रोकिएसँगै नारायणी नदीमा पानीको बहाव बिस्तारै घट्न थालेको छ । वर्षासँगै आएको बाढीका कारण नवलपुरमा छ सय ४१ घर डुबानमा परेका छन् ।
जुम्लाका ६ वटा गाउँपालिका साक्षर घोषणा गरिएका छन् । जुम्लाको हिमा गाउँपालिका, चन्दननाथ नगरपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिका साक्षर घोषणा गरिएका हुन् ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको काम सम्पन्न भएको खण्डको जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले टोलीको नाम र लोगो सार्वजनिक गरेको छ ।
कैलालीमा हात्तीपाइले रोग उन्मूलनका लागि लामो समय नियमित हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम लागु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखाेलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ ।
अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ ।
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।
अविरल वर्षासँगै गएको बाढीले रौतहटमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् ।
गमगढी–बालै सडक झण्डै २ महिनापछि सञ्चालनमा आएको छ । गत असारको पहिलो साता परेको भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।