पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।
केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ ।
काठमाडौँ टोखामा किसान विजया दशमीको दिन दिउँसो खेतमा धान काट्दै । खेतमा धान पाकेकोले चाडपर्वमा पनि
बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्
तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।
विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ ।
बडादसैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।
आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रूपमा नभई शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।
हिन्दु र मुस्लिम सद्भावका लागि देशमै चिनिएको नेपालगन्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन्।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ।