पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
बाँकेको नेपालगन्ज–नरैनापुर हुलाकी राजमार्ग अन्तर्गत सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन नरैनापुर गाउँपालिकाले डोजर चलाउन सुरु गरेको छ ।
स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्ष नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लाई संस्थागत रुपमा प्रदान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ।
मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिमस्थित फिदिम माविको खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोलले हरायो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल अहिले राजनीतिक स्थायित्वको यात्रामा अगाडि बढेको बताउनुभएको छ । महोत्तरीको रामगोपालपुरमा आयोजना गरिएको वृहत पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा महासचिव पोखरेलले त्यस्तो बताउनुभएको हो ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेमा माघेनी मेलाको अवसरमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उहाँका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सबै क्षैत्रको सहकार्य र सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार जलवायु परिवर्तनको असर कम गर्न जिम्मेवार भएर लागेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउनुभएको छ।
टर्कीको मुख्य कुर्द समर्थक डेम पार्टीको एक प्रतिनिधिमण्डलले शनिबार इस्तानबुलको जेलमा रहेका पीकेके नेता अब्दुल्लाह ओकलानलाई भेट्ने भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । एनओसीको शनिबार अनलाइनमार्फत गरिएको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताउनुभएको छ । ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उहाँले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको छ भन्नुभयो ।
झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोख्रेलले यो वर्ष एक लाख रुपियाँ बढीको सुन्तला बिक्री गरिसक्नुभएको छ ।