नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले डाक्टर, इन्जिनियर र प्रहरीलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताउनुभएको छ ।
सङ्घीय शासनव्यवस्था १. नेपालमा सङ्घीय शासनव्यवस्था को अभ्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै यसको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन गर्नुपर्ने सुधारका उपाय प्रस्तुत गर्नुहोस् । राज्यशक्तिलाई बाँडफाँट गरी तल्लो तहसम्म पु¥याइँ नागरिकको अधिकाधिक सहभागिता र स्वामित्वमा शासन सञ्चालन गर्दै नागरिकलाई शासनको सुखद अनुभूति गराउन अवलम्बन गरिएको व्यवस्थालाई सङ्घीय शासनव्यवस्था भनिन्छ
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा बुधबार अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
नेपाली लोकसङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएकी धनकुमारी थापा (सरु) सङ्गीतलाई जीवनमा अनिवार्य मान्नुहुन्छ । उहाँ नेपालमा पहिलो महिला दोहोरी साँझ खोल्ने व्यक्ति हुनुहुन्छ । हाल गीत/सङ्गीतसँगै उहाँ ‘हेयर एन्ड शीतल युनिसेक्स सैलुन र ह्यान्डिक्राफ्ट’ व्यवसायमार्फत रोजगारी सिर्जनामा संलग्न हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई १०१ संस्थाले सामूहिक रूपमा विशेष सम्मान गरेका छन् । बैतडीको सुर्नया गाउँपालिका–२, कुरकुटियामा जन्मिएका चन्दलाई नेपाली साहित्यमा योगदान गरेकोमा कदर गर्दै सोमबार गृह क्षेत्रमा नै भव्य रूपमा अभिनन्दन गरिएको हो ।
परिवर्तन युवा क्लव इस्मा गाउँपालिका–१ को आयोजनामा सञ्चालन भएको खुल्ला पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी देवदह रुपन्देहीले जितेको छ ।
सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख गरेकोभन्दा फरक प्रजातिका भारतीय माछा भएकाले बरामद गरी नष्ट गरिएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने गरी सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसङ्घ (सिएनआई) बिच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको छ । जिल्लाको वेदकोट नगरपालिका–२ र ३ को वनक्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी भए पनि रुख कटानको काम नहुँदा निर्माण अलपत्र परेको हो ।
इलामको माईजोगमाई गाउँपालिका–३ का पूजन श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई आफूले पालेका बङ्गुर स्याहार्न भ्याइनभ्याइ छ । साना बुच्चादेखि बङ्गुरका माउ र बेच्नयोग्य बङ्गुरको हेरचाह गर्न श्रेष्ठ दम्पतीलाई निकै गाह्रो पर्छ ।
बागलुङमा ६९ मेट्रिक टन कोदो कम उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको हो । गत वर्ष १० हजार ८०० उत्पादन मेट्रिक टन कोदो उत्पादन भएकोमा यस वर्ष घटेर १० हजार ७३१ मेट्रिक टन उत्पादन भएको छ ।
प्युठानको स्वर्गद्वारी पुग्ने जोकसैको ध्यान छेउछाउका खेतमा रायोको भारी बोकेर उक्लिँदै गरेका मानिसको दृश्यले तान्छ । असोज–कात्तिकदेखि माघसम्म यहाँका बारी एकनासले हरिया हुन्छन् । ठुलो पात, बाक्लो बोट र डाले घाँसको आँठो जस्तो बाँधेर बोक्नुपर्ने भारीले स्वर्गद्वारीको ‘पास्सी रायो’ ले छुट्टै पहिचान बनाइसकेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।
सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपियाँ निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपियाँ निर्धारण गरेको हो ।