प्रविधिमैत्री बन्दै स्थानीय तह, हात हातमा सेवा
गाउँ गाउँमा सिंहदरबार भन्ने नारा अब नारामै मात्रै सीमित रहेन, यसको कार्यान्वयनसमेत हुन थालेको छ । खुल्ला सरकारको अवधारणा ल्याएसँगै तीन तहकै सरकारले नागरिकको हात हातमै सेवा पुर्याउन थालेका छन् ।
भेरी लिफ्टिङका लागि रुख कटानको अनुमति
भेरी लिफ्टिङ खानेपानी आयोजना अघि बढाउन थप सहज भएको छ ।
दुई वर्षमा पनि फर्किएन विमान
झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ । २०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन ।
ताप्लेजुङका दुई हाइड्रोपावरको विद्युत एक महिना भित्र राष्ट्रिय प्रसारण लाइनमा
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा उत्पादित २१.९३ मेगावाट क्षमताको काबेली-३ जलविद्युत आयोजना र हिलटन हाइड्रो इनर्जी लिमिटेडद्वारा उत्पादित १२ मेगावाट क्षमताको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने अन्तिम तयारीमा पुगेको हो ।
एमाले र कांग्रेसको सहकार्य चौरासीसम्म : नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताउनुभएको छ ।
‘एमालेको एकल बहुमत ल्याउने गरी काम गर्नुहोस्’
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (एमाले) ले एकल बहुमत ल्याउनेगरी पार्टी गतिविधि सञ्चालन गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला
सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १०स्थित भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भेरी नदिमा खसेर पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ वर्षीय अनिल घर्तिको शव फेला परेको जानकारी दिनुभयो ।
सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गर्नुभएको छ ।
ग्यास सिलिन्डर विस्फोट : सात जना आइसियूमा
काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएकाहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
अदालतको आदेशपछि फोहोर सङ्कलन कार्य स्थगित
उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी गरेसँगै बिहीबारबाट हेटौँडा उपमहानगरपालिकाले फोहोर नउठाउने भएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै फोहोर नउठाउने जानकारी दिएको हो ।
कोशी प्रदेश आमसञ्चार विधेयक दर्ता
कोशी प्रदेश सरकारले आमसञ्चारसम्बन्धी कानुन प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनी मूलक सन्देश छाप्नुपर्ने
। सुर्तीजन्य पदार्थमा शत प्रतिशत भागमा चेतावनी मूलक सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतनावनी मूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१ स्वीकृत गरेसँगै यो नियम लागू हुने भएको हो ।
सानदार मःम: सेन्टरमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते
काठमाडौँ, माघ २४ गते । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ग्यास सिलिन्डर के कारणले पड्किएको भन्ने अनुसन्धान सुरु गरिएको उहाँको बताउनुभयो ।
हिमवत्खण्ड सम्मिलन हुने
हिमवत्खण्डमा छरिएर रहेका नेपाली भावनालाई समेट्ने प्रयासस्वरूप चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन गरिने भएको छ ।
न रेल गुड्यो न जग्गाको रोक्का फुक्यो
सरकारले २०७६ सालमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न जग्गा रोक्का गर्दा मोरङको कानेपोखरी–७, आइतबारेका ५६ वर्षीय कमलप्रसाद पौडेल हर्षले गदगद हुनुभयो । जग्गा रोक्का भए पनि उहाँले चाँडै उचित मुआब्जा पाइन्छ र अन्यत्र घरजग्गाको प्रबन्ध गर्न सकिने सपना बुन्नुभयो ।
एक सय पचासी वर्षपछि भेटियो ओत
नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत (एसियन स्मल क्लावड ओत) १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ ।
संसद्को प्रभावकारिता
सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु भएको एक साता भयो ।
युद्धविरामले पलाएको आशा
मध्यपूर्वमा शान्ति स्थापना गर्ने कुरा एकादेशको कथा जस्तै बनेको छ
अर्थतन्त्रलाई पसिनाको टेको
कामको खोजीमा विदेश जाने परिपाटीको कारण वर्तमान समयमा ग्रामीण क्षेत्र बुढाबुढीको जिम्मामा छ ।
हिउँ हराएको हिउँद
काठमाडौँ, माघ २४ गते । माथि माथि हिमाली भेगमा, हिउँ पर्यो फुरुरु, हिउँ पर्यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु, हा..हा..हा..मन रुन्छ धुरुरु......बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् ।हिमाली भेगैमा हिउँ पर्यो फुरुरु।।।राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड, डाँडाकाँडा बाटो र बोटबिरुवा हिउँका सेतो आवरणले ढाकिएका हुन्थे । यस वर्ष पुस सकियो । माघ पनि सकिनै लाग्यो तर हिउँ पर्ने छाँटकाँट देखिएन । यी गीतका टुक्कामा बनेका टिकटक भिडियो आउन छाडे । हिउँ पर्दो हो त अचेल धेरै मान्छे हिउँसँग खेल्थे, अनि हिउँसँगै खेल्दै रमाएका भिडियोहरूबाट अरुले पनि आनन्द लिन्थे १ यसपटक हिउँदमा हिउँ हराएको छ । यी गीतका भावहरु पनि हाम्रा भावी पुस्ताका लागि कतै एकादेशको कथा त बन्ने होइनन् भन्ने चिन्ता थपिएको छ । गत वर्षहरु झैँ यस वर्ष पनि हिउँ खेल्न जाने समय कुरिरहनुभएकका काठमाडौँको लाजिम्पाटका शैलेश पाण्डेलाई पनि यस्तै चिन्ता छ । “मलाई हिउँ खुब मन पर्छ । हिउँ पर्नेबित्तिकै खुब रमाइलो लाग्थ्यो, खेल्न पाइन्छ भनेर”, उहाँ भन्नुहुन्छ, “कहिले चन्द्रगिरि डाँडा, कहिले फुलचोकी, कहिले शिवपुरीको डाँडामा जान्थ्यौँ । ती दिनको खुब याद आउँछ तर यो वर्ष त हिउँ कहिले पर्ला भनेर कुरिरहनु परेको छ ।”यो वर्ष हिउँ पर्नेबित्तिकै हिउँ खेल्न जाने योजनामा हुनुहुन्छ, भक्तपुर लोकन्थलीका अमित तिमल्सेना पनि । “हामी कलेज पढ्दा त पुस लाग्नासाथ हिउँ पथ्र्यो । साथीभाइ मिलेर हिउँ खेल्न जान्थ्यौँ । बर्सेनि हिउँ खेल्न गइन्थ्यो । यो वर्ष त पर्दै परेन १”धादिङ घर भई कोटेश्वर बस्दै आनुभएकी कल्पना तामाङलाई पनि हिउँले आकर्षित गर्छ । “हिउँ चाहिँ कसलाई मन नपर्ला र रु हिउँ पर्दा पर्दै त्यससँग खेल्दाको आनन्द बेग्लै तर के गर्नु यस वर्ष त हिउँ देख्नै पाइएन १”, उहाँले दुःअ मनाउ गर्नुभयो । माथि उल्लिखित पात्र त केही उदाहरण मात्रै हुन् । उहाँहरू जस्तै धेरै यस वर्ष हिउँ कहिले पर्ला रु भनेर पर्खिरहेका छन् भने उपत्यकाका डाँडाहरु हिउँले डाकेको हेर्न र तिनै हिउँसँग खेलेर आनन्द लिन चाहने धेरै चिन्तित पनि हुनुहुन्छ । चन्द्रागिरिको डाँडामा भालेश्वर मन्दिर छ । मन्दिरका मूल पुजारी हुनुहुन्छ, विदुर न्यौपाने । गत वर्षतिर हिउँसँगै रमाएर बनाइएका उहाँका टिकटकहरु खुब ‘भाइरल’ हुन्थे तर यस वर्ष हालसम्म त्यो अवसर आएको छैन । “यसवर्ष हिउँ परे पो देखिनु । खै १ हालसम्म हिउँ पर्ने छनक नै छैन”, उहाँले भन्नुभयो । चन्द्रागिरि हिल्स लिमिटेडका बजार प्रवर्द्धक तथा बिक्री प्रमुख प्रभाकर खड्काले हिउँ खेल्न मात्रै दैनिक २० हजारको हराहारीमा पर्यटक चन्द्रागिरि आउने गरेको स्मरण गर्नुभयो । “चन्द्रागिरिमा हिउँ खेल्न आउनेहरुको सङ्ख्या बाक्लो हुन्थ्यो । गत वर्ष केबलकार चढ्नेको भीड त्यस्तै थियो, आठ हजारको हाराहारीमा त हिँडेरै चन्द्रागिरि पुग्नुभयो,” उहाँले थप्नुभयो, “हिउँ खेल्नकै लागि चन्द्रागिरि आउने पर्यटनको सङ्ख्या धेरै हुन्थ्यो तर यस वर्ष त हिउँ नै परेको छैन । प¥यो भने त पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढ्थ्यो नि १”उपत्यका नजिकको हिउँ पर्ने सुन्दर क्षेत्र चन्द्रगिरि यो पटक सेताम्मे बन्न पाएकै छैन । हिउँ परेपछि चन्द्रागिरि जाने भन्दै उपत्यकावासीको प्रतीक्षाको समय कति लामो जाने हो अझै अनिश्चित छ । चन्द्रगिरि नगरपालिका प्रमुख घनश्याम गिरी हाल र ५० वर्षअघि हिउँ पर्ने अवस्थामा देखिएको अन्तरले चिन्तत बनाएको बताउनुहुन्छ । “पहिलापहिला त असोजदेखि नै जाडो लाग्थ्यो । हिउँले डाँडा नै सेताम्मे हुन्थे । जतासुकै हिउँ हुन्थ्यो । आजभोलि यही कुरा नयाँ पुस्तालाई भन्यो भने पत्याउँदैनन् । हिउँ नै देख्न नपाइने भइयो । चिसो पनि पहिलाभन्दा हराउँदै गएको छ”, उहाँले भन्नुभयो । पहिलापहिला पुस लाग्नेबित्तिकै पर्ने हिउँ अहिले फागुन लागिसक्दा पनि नपर्दा केही वर्षपछि हिउँ नै नपर्ने हो कि भन्ने चिन्ता छ नगरप्रमुख गिरीलाई । “पहिला त बाहिर राखेको पानी नै जम्थ्यो नि १ हामी स्कुल जाँदा खोल्साखोल्सीको पानी जमेर प्लेटजस्तो बन्थ्यो । त्यतिबेला जमेको पानी खेल्दा खुब रमाइलो लाग्थ्यो”, उहाँ स्मरण गर्नुहुन्छ, “रूखका पातहरु हिउँले भरिएर केही देखिँदैनथ्यो । अहिले त यी सब कुरा सपना झैँ लाग्छन् ।”चन्द्रागिरिमा मात्रै होइन, हिउँले टलक्क टल्कने हिमालहरु पनि नटल्कँदा आश्चर्यचकित बनाउँछ गिरिलाई । उहाँ भन्नुहुन्छ, “अन्नपूर्ण हिमाल बाक्लो हिउँले ढाकेर सेतै देखिन्थ्यो, टलक्क टल्किन्थ्यो । अहिले त कालो देखिन थाल्यो । काठमाडौँमा पुस महिनादेखि हुस्सु लाग्दा वरपरको मानिस पनि देख्न मुस्किल हुन्थ्यो । अचेल पहिलेजस्तो तुसारो पनि लाग्दैन । हुस्सु पनि त्यति देखिँदैन । पहिला धेरै चिसो हुन्थ्यो । अहिले त चिसोको पनि खासै अनुभव हुन छाड्यो ।” दोलखा जिल्लास्थित कालीञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीलाई पनि आजभोलिको हिउँदमा कालीञ्चोक हिउँविहीन बन्दा अनौठो लागेको छ । “पहिला पहिला यस्तो बाक्लो हिउँ पथ्र्यो कि, यहाँ चार महिनासम्म नै हिउँ रहन्थ्यो । कालीञ्चोक सेताम्मे हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय हिउँ नै हराउँदै गयो । पछिपछि त यहाँका मानिसले हिउँ नै देख्न नपाउलान् कि भन्ने चिन्ता पो छ १”यस वर्ष हिउँ नपर्दा आन्तरिक पर्यटकहरु पनि घटेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय हिउँ खेल्नका लागि काठमाडौँदेखि नै मानिसहरु आउँदा लाखको हाराहारीमा पर्यटन हुन्थे । यसपटक त हिउँ नपर्दा आन्तरिक पर्यटन नै कम आए”, अध्यक्ष सिवाकोटीले भन्नुभयो । जलवायु परिवर्तनका कारण हिउँ नपर्ने समस्या मात्रै होइन पछिल्लो समय कालीञ्चोकमा सुन्तलाखेती नै हुन छोडेको उहाँ बताउनुहुन्छ । गोदावारी नगरपालिका–३ का वडाध्यक्ष सानुराज घिमिरेले आजभोलि फुलचोकी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ज्यादै न्यून रहेको बताउनुभयो । “फुलचोकी पहिला हिउँले सेताम्मे हुन्थ्यो । त्यो हेर्न पनि धेरै मानिस आउँथे । आजभोलि त यहाँ हिउँ नै पर्दैन । हिउँ परे पो पर्यटक आउँथे होलान् । हिउँ नै परेन भने पर्यटन विकासमा समेत असर पर्दो रहेछ ।” घिमिरेले जलवायु परितर्वनका कारण हिउँ पर्न छाडेको र यसले कृषिमा असर गर्ने, पानीको मुहान सुक्ने र पर्यटकीय विकासमा ह्रास आउनेजस्ता समस्या उत्पन्न हुँदै गएका भन्दै जलवायुले स्थानीयस्तरमा पारेका यस्ता समस्याबारे सरकारले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न आग्रह गर्नुभयो । अन्तरराष्ट्रिय सहयोगको अपेक्षा सरकारले आगामी जेठ २, ३ र ४ मा सगरमाथा संवाद आयोजना गर्ने घोषणासहित यतिबेला तयारीमा जुटेको छ । पर्वतीय मुलुकहरुले सामना गरिरहेको जलवायु परिवर्तनका सङ्कट समाधानका लागि संवादमा पनि अन्तरराष्ट्रिय समुदायलाई घच्घचाउने बताउनुहुन्छ वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकाल । “जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्बन उत्सर्जन गराउन नेपालको नगन्य भूमिका छ तर अन्तरराष्ट्रिय समुदायले गरेको औद्योगिक विकाससँगै कार्बन उत्सर्जन बढेको र यसले गराएको जलवायु परिवर्तनको असर हामीले भोगेका छौँ । नखाएको विष लाग्यो,” उहाँ भन्नुहुन्छ, “अहिले नै हिमालमा हिउँ छैन । हाम्रा हिमाली क्षेत्रमा हिउँ पर्न छाड्यो । यस्ता जलवायु सङ्कटका उदाहरण दिएर अन्तरराष्ट्रिय सहयोगका लागि आग्रह गर्छौं । पर्वतीय क्षेत्रमा जलवायुले पारेको प्रभाव न्यूनीकरणका लागि सहकार्य बढाउने छौँ ।”ढकालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अन्तरसरकारी समूह ९आइपिसिसी० को छैटौँ प्रतिवेदनले जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिम पहाडी क्षेत्र, त्यसमा पनि हिमाली क्षेत्र र अझै नेपालका पर्वतीय क्षेत्रहरुमा रहेको देखाएकाले जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । जलवायुले हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि अन्तरराष्ट्रिय जलवायु वित्त सहयोग आवश्यक पर्ने भन्दै जलवायु वित्त बढाउन नेपालले पैरवी गरिरहेको उहाँको भनाइ छ ।न्यूनतम तापक्रम औसतभन्दा धेरै हुनेजल तथा मौसम विज्ञान विभागका अनुसार यसपटक हिमाली क्षेत्रका केही भागमा मात्रै हिमपात भएको र हिउँद सुक्खा हुँदा अन्य क्षेत्रमा हिउँ पर्न सकेको छैन । वर्षा हुन नसक्दा हिउँदमा हिउँ नपरेको विभागले जनाएको छ । यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण भएको बताउनुहुन्छ, विभागका महानिर्देशक कमलराम जोशी । विभागले गत मङ्सिर १५ गतेदेखि आगामी १६ फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । विभागको प्रक्षेपणले अधिकतमसँगै न्यूनतम् तापक्रम पनि औसतभन्दा धेरै हुने समेत देखाएको छ । प्रशान्त महासागरमा लानिना विकसित हुने क्रममा रहँदा र प्रिमनसुनको सुरुआती अवधिसम्म लानिना रहँदा यस वर्षको हिउँदमा कम पानी पर्ने बताउनुहुन्छ, विभागकी प्रवक्ता विभूति पोखरेल । हिउँदको जनवरी–फेब्रुअरीमा अझ सुक्खा बढ्ने विभागले प्रक्षेपण गरेको छ । विभागका अनुसार हिउँदयाममा कोशी प्रदेशको दक्षिणी भूभाग र मधेश प्रदेशको पूर्वी भूभागमा अझ बढी सुक्खाको सम्भावना रहेको छ । यसैगरी विभागलेगत गत मङ्सिरमा सार्वजनिक गरेको हावापानी आकलनअनुसार सुदूरपश्चिम र कर्णालीको दक्षिणी, लुम्बिनीको अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो । गण्डकीको पूर्वी तथा दक्षिणी, बागमती, मधेशको पश्चिमी र कोशीको पश्चिमी भूभागमा पनि सरदरभन्दा कम पानी पर्ने विभागको आकलन छ । आगामी १६ फागुनसम्मको अवधिलाई हिउँद मान्दा यस पटकको हिउँद सुक्खा हुँदा हिउँदे खडेरी पर्ने सम्भवना देखिएको छ । तापमान बढ्दा हिउँ घट्ने खतरा जलवायु परिवर्तनका कारण विश्वको तापमान बढ्दा हिमालका हिउँ पग्लने र विस्तारै हिउँ पर्न छाड्ने खतरा बढ्नसक्ने बताउनुहुन्छ जलवायुविद् मञ्जित ढकाल । “तापमान बढ्दा हिमालको हिउँ पग्लने खतरा बढ्छ । अन्तरराष्ट्रिय मञ्चहरुमा समेत हामीले पर्वत जोगाउने विषयमा केन्द्रित रही हिमालका मुद्दा उठाएका छौँ,” उहाँले भन्नुभयो, “जलवायुजन्य जोखिमबाट हिमाल र हिउँ जोगाउन यी मुद्दाहरुलाई निरन्तर रुपमा उठाउनुपर्छ ।”विभिन्न अध्ययनहरूले विश्वव्यापी रुपमा नै जलवायुजन्य सङ्कटको चाप बढिरहेको देखाएका छन् । विश्व मौसम विज्ञान सङ्गठन ९डब्लुएमओ० द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ । सन् २०२४ को गत जनवरीदेखि सेप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्ति अघिभन्दा १।५४ ९ं०।१३० सेल्सियसले बढी भएको देखाएको छ । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १।४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १।३ डिग्री सेल्सियस मानव सिर्जित रुपमा तापमान वृद्धि भएको समेत अध्ययनले देखाएको छ । समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको भन्दै डब्लुएमओले प्रेस विज्ञप्ति नै जारी गरेको छ । सङ्गठनले २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा दर्ता गरेको छ । एलनिनो प्रभावले तापक्रम वृद्धि थप बढाएको सङ्गठनको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४।७७ मिमी बढेको छ । यसैगरी, २०२३ मा ग्लेसियरले १।२ मिटर पानी बराबरको बरफ कम भएको र यो १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना रहेको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । अबको आवश्यकता स् जलवायु अनुकूलनजलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेती समुन्द्री सतहको तापक्रममा आएको परिवर्तन तथा त्यसका कारण कम वर्षा र कम हिमपात भएको भन्दै अब जलवायु अनुकूलनलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । “हिउँद सकिन लाग्दा पनि यस वर्ष यस अवधिमा नौ दशमलव दुई प्रतिशत मात्रै वर्षा भएको छ जबकि ६० प्रतिशत हारहारीमा वर्षा हुनुपथ्र्यो”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण समुन्द्री सतहमा तापक्रम वृद्धि भई कम वर्षा र कम हिमपात भएको हो । अब समस्याको समाधानका उपाय खोज्न र अनुकूलनलाई प्राथमिकता दिन आवश्यक छ ।”हिमपात कम हुँदा पानीको स्रोत कम हुने भन्दै सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने, जलवायु अनुकूलनमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिने, वन्यजन्तुलाई पानी उपलब्ध गराउनका लागि ठाउँठाउँमा पोखरी निर्माण गर्नेजस्ता कार्यलाई प्राथमिकता दिनुपर्नेमा उप्रेतीको जोड छ । रासस
बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि
धार्मिक अभियन्ता बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसलाई महामण्डेश्वरको उपाधि प्रदान गरिएको छ। भारतको प्रयागराजमा निरञ्जनी अखाडाबाट बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि प्राप्त भएको हो।
टेनिसलाई हालेपको बाइ बाइ
रोमानियाकी पूर्व विश्व नम्बर एक टेनिस खेलाडी सिमोना हालेपले खेलबाट सन्न्यास लिनुभएको छ ।
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ।