सय वर्षका लागि गोरखापत्रको ग्राहक !
गोरखापत्र संस्थानका प्रकाशनप्रति पाठकको विश्वास र माया बढ्दै गएको छ । संस्थानको प्रकाशनका लागि एक सय वर्षको अग्रिम ग्राहक बन्नेक्रम सुरु भएपछि प्रकाशनप्रतिको पाठकको विश्वास बढेको पुष्टि भएको हो ।
रासायनिक मल पर्याप्त मौज्दात रहेको सरकारको भनाइ
सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास ७१ टन रासायनिक मल मौज्दात रहेको छ ।
कुवेत जान लागेका श्रमिक फर्काइए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले दुई दिनको बिचमा कुवेत जान लागेका ११९ श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शङ्कास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार र बिहीबार त्यो सङ्ख्याका श्रमिकलाई विमानस्थलबाट फर्काइएको हो । सो अध्यागमन कार्यालयका अनुसार बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १८ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको छ ।
नारायणगढ–मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन सडक कार्यालय भरतपुरले सडक विभागलाई स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ। विभागबाट मन्त्रालय हुँदै त्यसको स्वीकृति मन्त्रीपरिषद्बाट गर्नुपर्ने हुन्छ।
साइबर स्वास्थ्य परामर्श जारी
सूचना प्रविधिका लागि प्रयोग हुने कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता विद्युतीय उपकरण विसर्जनमा गम्भीर सावधानी अपनाउनुपर्ने देखिएको छ। बिग्रेका वा काम नलाग्ने भनी त्यसै विसर्जन गर्न खोजिए तिनमा रहेका सूचना र डाटा पुनः प्राप्ति गरी दुरुपयोग हुन सक्ने सम्भावना रहेको छ।
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताउनुभएको छ ।
सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा
बुधबार बिहान काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो। छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो। सन्तान यही जन्मिए उहाँका ऊर्जाशील धेरै समय पनि चितवनै बित्यो।
प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्लाको रूपमा विकास गरिने बताउनुभएको छ ।
बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : परराष्ट्रमन्त्री
सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएको छ ।
सर्प उद्धार गर्ने तरिका नमिल्दा मानिस र सर्प दुवैको ज्यान जोखिम
सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्न विज्ञको सुझाव छ । नेपाल पक्षी संरक्षण सङ्घका अध्यक्ष प्रा.करनबहादुर शाहले सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्न आग्रह गर्नुभयो ।
सवारीसाधन चलाउन जोखिम
बाह्रबिसे–तातोपानी राजमार्गमा जोखिम बढेको छ। २६ किलोमिटर लामो उक्त राजमार्गका ठाउँ ठाउँमा पहिरो र भोटेकोशी नदीको कटानले सवारीसाधन आवतजावतमा जोखिम बढेको हो। चाकु बजारभन्दा केहीमाथि रहेको झ्याले भिरबाट पहिरो आएर राजमार्ग दिनहुँ अवरुद्ध हुँदै आएको छ। ठाडो खोलाले साँधी खोल्सा खण्ड जीर्ण बनेको छ। डाक्लाङ सडकखण्ड चिराचिरा परेको छ। १० किलो, लार्चा खण्डमा पहिरोको जोखिम बढेको छ।
डडेल्धुरामा बीचमै पढाइ छाड्ने बालबालिका धेरै
डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।
कोशी प्रदेशमा बढ्यो दुध उत्पादन
असार, साउन र भदौ बजारमा सबैभन्दा धेरै दुध अभाव हुने महिना हुन् । चैत महिनादेखि नै दुधको उत्पादन क्रमशः घट्दै गएर असारदेखि भदौसम्म चरम अभाव हुने गर्दथ्यो । दुध उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएका डेरी उद्योगले चैत महिनादेखि नै पाउडर घोलेर बजारको माग पूर्ति गर्ने गरेका थिए तर यस वर्ष कोशी प्रदेशको अवस्था ठिक विपरीत देखिएको छ । दुधको उत्पादन घट्ने अनुमानविपरीत झन्डै दोब्बरले बढेपछि किसानले उत्पादन गरेको दुध बिक्री हुन छोडेको छ ।
पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह
नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपियाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिनुभयो । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो ।
नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य
राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दल दर्तासम्बन्धी दफामा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर हुनुपर्ने व्यवस्था छ ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिनुभयो ।
सर्पले डसेको थाहा नहुँदा दाजुभाइको मृत्यु
सर्पले डसेको थाहा नपाउँदा कपिलवस्तुमा दाजुभाइसहित चार जनाको मृत्यु भएको छ ।
देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ : अर्थमन्त्री डा महत
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ ।
कोरोना बीमा बापतको दाबी भुक्तानी पाउने सम्भावना न्यून
कोरोना बीमा दावि भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल पाउने सम्भवना छैन ।
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस
“सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।”
पुरानो पुस्ताले बनाएका ‘ठाँटी’ लोप हुँदै
पाल्पा जिल्लाको विभिन्न स्थानमा बनेका विश्रामस्थल (ठाँटी)को संरक्षण हुन सकेको छैन। दुई सय वर्षअघि विश्राम गर्ने उद्देश्यले बनाइएका ठाँटीको संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएका छन्। सार्वजनिक स्थलमा आराम गर्ने, घामपानी तथा हावाहुरीबाट ओत लाग्ने गरी बनाइएका ठाँठी अहिले जीर्ण बनेका छन्। स्थानीय सरकारको बेवास्ताले दुई सय वर्षअघि बनेका ठाँटीहरू संरक्षण हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ।
भैँसे–भीमफेदी सडकको कामले गति लिँदै
क्षतिपूर्ति र मुआब्जा विवादका कारण रोकिँदै आएको भैँसे–भीमफेदी सडक निर्माणले अब गति लिने भएको छ। यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नं. ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिएको हो। बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको मार्गका रूपमा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी खण्ड निर्माणाधीन छ। घरजग्गा धनीहरूले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएकामा बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ।
महँगियो तरकारी
“कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिनुभएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ ।