ट्याक्सी दुर्घटनामा सात जना घाइते
जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको छ । जिल्लाको प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल
हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।
काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दमकमा आगलागी : लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट
झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ ।
न्यायको अनुभूति बिना कानुनी राज्य स्थापना हुन सक्दैन : प्रधानन्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायको अनुभूति बिना राज्यमा कानुनी राज्य र जबाफदेहिता स्थापना हुन नसक्ने बताउनुभएको छ।
आगो नियन्त्रणमा खटिएका दुई सैनिकको मृत्यु
आगो नियन्त्रणको क्रममा घाइते दुई सैनिकको कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार मृत्यु भएको छ ।
राप्रपाको प्रदर्शनमा झडप : २५ घाइते, तीन जना पक्राउ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मङ्गलबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो ।
असन जात्रा (फोटो फिचर)
उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको असन जात्रा (न्हि जात्रा) मङ्गलबार सम्पन्न भयो । पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो ।
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राप्रपाको प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
माटोले छाएको परम्परागत घर
सल्यान कालिमाटी गाउँपालिका–२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम–कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर ।
नातिपुस्तासँगै रिपोर्टिङमा ८० वर्षे पत्रकार छेत्री
काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन । “बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,” भद्रपुर नगरपालिका-६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन ।
इलाम– २ उपनिर्वाचन : अन्तिम नामावली प्रकाशन
इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिनुभएको थियो । नयाँ सत्ता समीकरण अनुसार नै अघि बढ्नुपर्ने भएपछि उहाँले राजीनामा दिनुभएको थियो । लगत्तै प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठन गर्न आह्वान गर्नुभयो ।
राष्ट्रिय सभा उपाध्यक्षका पदका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ ।
बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य
बाघ संरक्षणका लागि मात्र स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले यो वर्ष दुई हजार पर्यटक भित्र्याउने गरी सबै तयारी पूरा गरेको जनाएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।
राप्रपा लक्षित प्रदर्शनमा चार हजार प्रहरी परिचालन
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो ।
कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
गाजा युद्धको छ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास
दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ ।
पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने
जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी समयसम्म नवीकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ ।
इलाम– २ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइँदै
आगामी वैशाख १५ गते हुने इलाम–२ को उप–निर्वाचनका मङ्गलबार उम्मेदवारहरुलाई चुनाव चिह्न दिइँदै छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय राखिएको छ ।
सुनको मूल्य प्रतितोला एक सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।