हरित रोजगारीको सम्भावना
चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ७१ हजार २१० पुगेको छ । नेपालबाट हरेक दिन औसत दुई हजार नेपाली काम खोज्दै बिदेसिने गरेका छन् । फागुनमा काम खोज्दै बिदेसिनेमध्ये छ हजार ७६८ त महिला नै छन् । नेपालमा निराशा छाउनुको पहिलो कारण रित्तिँदै गएको ग्रामीण र सहरी बस्ती हो । हरेक ग्रामीण र सहरी इलाकाका परिवारको नयाँ पुस्ता केवल विदेशको सपनामा समय बिताइरहेको हुन्छ । अनि जब उत्पादनशील र क्रियाशील उमेर आउँछ, यो
कानुनी राजको प्रश्न
कानुनको राजलाई सङ्कुचित र विस्तृत गरी दुई दृष्टिकोणले हेर्ने गरिन्छ । सङ्कुचित अर्थमा कानुनको राज भनेको कानुन जस्तोसुकै होस्, त्यसको पालना गर्नुपर्ने अवस्थाको सोच रहन्छ । त्यस्तो सोच गल्ती हो, किनकि कानुनी व्यवस्था नै निरङ्कुश तथा अधिनायकवादी छ भने त्यसले केही व्यक्तिलाई मात्र फाइदा पु¥याउँछ । त्यस्तो कानुनबाट बहुसङ्ख्यक व्यक्तिलाई फाइदा पुग्न सक्दैन । यसैले त्यस्तो कानुनलाई कानुनी राज भन्नु गलत हो । उदाहरणका लागि नेपालमा राणा शासनकालमा कानुनी व्यवस्था थियो । तथापि त्यस्तो कानुनले सीमित व्यक्तिलाई मात्र लाभ भएको थियो भने बहुसङ्ख्यक व्यक्ति त्यस्तो कानुनबाट लाभ लिन सक्ने अवस्थामा रहेनन् । श्री ३ महाराजको हुकुम नै कानुन हुने, कानुन निर्माता र फैसलाकर्ता पनि एकै व्यक्ति हुने भएको हुँदा अदालतमा सुनुवाइ हुनुपर्ने अभियुक्तले सफाइ पाउन सक्ने अवस्था थिएन ।
मर्यादित पत्रकारिताको खाँचो
पत्रकार समाचार वा समाचारजन्य सामग्रीको सङ्कलन, लेखन र सम्पादनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । उसले आमसञ्चारका माध्यममार्फत सूचना, समाचार वा समाचारजन्य विषयलाई शब्द, आवाज र तस्बिरका रूपमा आमजनतामा पु¥याइरहेको हुन्छ । यस आधारमा समसामयिक घटनाव्रmमको रिपोर्टिङ गरेर र सार्वजनिक चासोका विषय उजागर गरेर जो कोही जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन पत्रकारले समाजमा अहम् भूमिका निर्वाह गर्दछ ।
आठ महिनामा हराए चार हजार बालबालिका
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा चार हजारभन्दा बढी बालबालिका हराएका छन् । यसरी हराउने बालबालिकामा मधेश प्रदेशबाट सबैभन्दा धेरै रहेका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रका बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले सबैभन्दा बढी १० देखि १३ वर्षका बालक र १३ देखि १८ वर्षका बालिका हराउने गरेको जानकारी दिनुभयो । उहाँले चालु आव २०८०/८१ को फागुन मसान्तसम्म कुल चार हजार १४१ जना बालबालिका हराएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो आठ महिनामा हराएका चार हजार १४२ जनामध्ये तीन हजार ५३५ जना फेला परेका छन् भने ६०७ जना बालबालिकाको खोजतलास जारी रहेको समन्वय केन्द्रले जनाएको छ ।
एमाले–माओवादीद्वारा कोशी सरकारमा दाबी
कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सांसदहरूको समर्थनमा नियुक्त हुनुभएका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता माग्दै नेकपा (एमाले) ले प्रदेश प्रमुखसमक्ष निवेदन दिएपछि कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको हो ।
जनकपुरमा एक युवकको हत्या
जनकपुरधाममा सोमबार दिउँसो धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षी प्रिन्सकुमार महासेठको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा प्रहरीको छापा
बीरगन्ज भेडियाहीस्थित नेशनल मेडिकल कलेजको प्रयोगशाला (ल्याब) मा बीरगन्ज महानगरपालिका औषधी ब्यवस्था बिभाग बीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले सोमबार छापामारी दुई चिकित्सकसहित ठुलो मात्रामा म्याद गुज्रिएको औषधी र केमिकल बरामद गरेको छ ।
काठमाडौँ र पोखरालगायतका मुख्य सहरमा वायु प्रदूषण उच्च
मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।
आगलागीबाट ६ घर जलेर नष्ट
सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहर बस्तीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् ।
संसद बैठक विषयमा दलका नेतासँग सभामुखको परामर्श
सभामुख देवराज घिमिरेले संसद बैठकमा देखिएको उतारचढावलाई समाधान गर्न प्रधानमन्त्रीसहित प्रमुख चार दलका नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।
माओवादीका तीन मन्त्रीद्वारा राजीनामा
कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का तीन जना मन्त्रीले पदबाट राजीनामा गर्नुभएको छ ।
ढल्केबरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयको प्रदर्शन
धनुषाको पाँच वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केबरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
कोशी सरकारबाट माओवादी केन्द्र फिर्ता हुने
कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवत सोमबारै मन्त्रीहरूले पदबाट राजीनामा गर्ने तयारी छ ।
डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आह्वान गरेको छ ।
अवैधरुपमा बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो
भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ ।
शैक्षिक सत्र सुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक
कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीहरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् ।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।
इजरायलद्वारा दक्षिणी गाजाबाट सेना फिर्ता
इजरायलले आइतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ ।
‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’
विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर ।
कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये पाँचजना मात्र उत्तीर्ण भएका हुन् ।
सुनको मूल्य तोलामा छ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ ।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवक बेपत्ता
शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् ।
सिँचाइमा विद्युतीकरण थालिएको छ
कोशी प्रदेश अन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये देवानगन्ज गाउँपालिका पनि एक हो । यस गाउँपालिका अन्तर्गत सात वटा वडा छन् । गाउँपालिकामा मेहता (कुशवाहा), यादव, मुसलमान, गडेरी, मुसहर, उराँव,
‘सांसद र कर्मचारीको सङ्ख्या घटाउनु पर्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले देशको उन्नति र विकासका लागि सांसद र कर्मचारीको सङ्ख्या आधा घटाउनुपर्ने बताउनुभएको छ । नेता भण्डारीले नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आइतबार विशान बुटवलमा आयोजित पत्रकार भेटघाटमा देशको ढुकुटीको अधिकांश हिस्सा सांसद र कर्मचारीको तलब सुविधामै खर्च हुने हुँदा विकासको कामले गति लिन नसकेको बताउनुभयो ।