जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या २ पुग्यो
जाजरकोटमा हिजो भएको बोलेरो जिप दुर्घटनाका मृतकको सङ्ख्या दुई पुगेको छ ।
बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व युनुसलाई
बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता माेहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ ।
टीआरसीसम्बन्धी कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो प्रतिवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ ।
पहिरो पन्छाउने क्रममा ढुङ्गा लागेर लोडर चालक घाइते
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लिलाधर अधिकारी घाइते हुनुभएको हो ।
पहिरो गएपछि वराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध
वराहक्षेत्र मन्दिर जाने सडकमा बुधबार बिहान पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । १७ नम्बर भिरबाट पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।
अमेरिकी निर्वाचन : मिनेसोटाका गभर्नर वाल्ज उपराष्ट्रपतिको उम्मेदवार
अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले उपराष्ट्रपतिमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाउनुभएको छ ।
बङ्गलादेश सङ्कटमा भारत ‘गहिरो रूपमा चिन्तित’ छ : विदेशमन्त्री
भारतका विदेशमन्त्री एस. जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनरबहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताउनुभएको छ ।
सक्नेले हेरेनन् नसक्नेलाई चिन्ता
दोलखाको गौरीशङ्कर गाउँपालिका–५ मा करिब छ दशकअघि स्थापना भएको विष्णुश्वरी प्राथमिक विद्यालय भवन जीर्ण हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । विसं २०२२ मा स्थापित यसै विद्यालयमा पढे/पढाएकासमेत उच्च पदमा पुगेका छन् तर विद्यालयप्रति कसैको चासो नरहँदा विद्यालय भवन जीर्ण हुँदै गएपछि स्थानीय चिन्तित बनेका पूर्वविद्यार्थी सुवास सुरेलले दुःखेसो पोख्नुभयो ।
वृद्धा हत्या आरोपी सार्वजनिक
बाह्रबिसे नगरपालिका–७ खनियावासकी ७१ वर्षीया वृद्धा रत्नकुमारी थापाको हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय चौताराले सार्वजनिक गरेको छ ।
संस्थाको घरजग्गा श्रीमतीलाई पास
बाँकेमा बादी समुदायको उत्थानका लागि लामो समयदेखि काम गर्दै आएको एक गैरसरकारी संस्थाका तत्कालीन अध्यक्षले संस्थाको नाममा रहेको चार करोडभन्दा बढीको घर र जग्गा श्रीमतीलाई नै बिक्री गरेर हिनामिना गरेको खुलासा भएको छ । सोसियल अवेयरनेस फर एजुकेसनल (सेफ) नेपाल संस्थाका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६, एकता नगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कट्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुई तले पक्की घर आफ्नी श्रीमती रिना बादीको नाममा पास गरिदिएको खुलासा भएको हो । सेफ नेपालका वर्तमान अध्यक्ष अभिषेक नेपालीले जग्गालाई सुकलाल र उनकी श्रीमतीले एनआइसी एसिया बैङ्कको कम्दी शाखामा धितो राखी ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा एक करोड ५० लाख रुपियाँ एनआइसी एसिया फास्ट ट्र्याक व्यवसाय
पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान ७ः३५ बजे इच्छाकामना गाउपालिका–४ पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
सङ्घीयताका सात वर्ष : चार मुख्यमन्त्री, एकाउन्न मन्त्री
भौगोलिक विकटताका कारण विकास हुन नसकेको क्षेत्र भन्ने उपमा पाएको कर्णाली प्रदेशमा सङ्घीयता आएको सात वर्षमा खासै विकासले फड्को मार्न सकेको छैन । यद्यपि यो अवधिमा चार मुख्यमन्त्री र ५१ जना मन्त्री भएका छन् । सङ्घीयताको कार्यान्वयनसँगै गठन भएका प्रदेश सरकार केन्द्रीय राजनीतिको वरिपरि घुमेपछि सरकार बनाउने र ढलाउने कामले प्राथमिकता पाएको जस्तो देखिएको छ भने विकासले ठिक उल्टो ढङ्गले प्रभावित भएको छ । प्रदेश स्वायत्त बन्न नसक्दा हरेक छ महिना जसो नयाँ मुख्यमन्त्री र मन्त्री देखिने स्थिति सिर्जना भइरहेको छ ।
बागमती सभ्यता संरक्षण
बर्सेनिको मनसुनी प्रभाव भित्रिएसँगै बाढीपहिरोको त्रास मुलुकभर नै हुने गरेको छ । यस पटकको वर्षामा पनि बाढीपहिरोमा परेर सयौँको ज्यान गइसकेको छ भने भौतिक सम्पत्तिको नोक्सानीसमेत उत्तिकै भएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकाभित्रै पनि बाढीपहिरो र डुबानले क्षति हुँदै छ । उपत्यकामा खास गरी विसं २०५० पछि तीव्र गतिमा नदीनाला मिचेर बस्ती विस्तार हुन थालेपछि वर्षैपिच्छे डुबानको समस्या बढिरहेको छ । खोला अतिक्रमण गरेर बस्ती बसेपछि खोलाले आफ्नो बहाव क्षेत्र खोजेको मात्रै हो, खोलाले चर्चेको क्षेत्र बेला मौकामा उसले ढाक्न खोज्नु सामान्य कुरा भएको पुरानो अवस्था देखेभोगेकाहरूको भ
लगानीका नवीन विधि
नेपालमा विकास भन्नु नै भौतिक पूर्वाधार हो भन्ने बुझिएको छ तर यो विकास नभई विकासको पूर्वसर्त मात्र हो । विकासको प्रारम्भिक चरणमा सबै जसो मुलुकको प्रवृत्ति यस्तै देखिन्छ । तीनै तहका सरकारको बजेट विनियोजनको महìवपूर्ण अंश पूर्वाधारमा छ । सडक, पुल, सिँचाइ, प्रसारण लाइन, भवन, विमानस्थल क्षेत्रमा जनस्तरबाट अत्यधिक माग छ तर पूर्वाधारको चित्राङ्कन छैन । कुन क्षेत्रमा कति पूर्वाधार आवश्यक हो भन्ने चित्राङ्कनले विकास, वित्त र वातावरणबिच सन्तुलन कायम गर्न सकिन्छ । राजनीतिज्ञ र नीतिनिर्माताहरू भौतिक पूर्वाधार व्यवस्थापनको क्षमता बाहिर देखिएका छन् । त्यसैले पूर्वाधार क्षेत्रले समस्याहरू भोग्दै आएको छ ।
निजामतीमा महिला
पछिल्लो समय निजामती सेवामा महिलाको सहभागिता बढ्न थालेको छ । सङ्ख्यात्मक रूपमा मात्र नभएर नेतृत्व तहमै महिलाको उपस्थिति हुन थालेको छ । निजामती सेवाको इतिहासमै पहिलो पटक मुख्य सचिवमा महिला पुग्नुभएको छ । साउन १० मा बसेको मन्त्रीपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व मुख्य सचिव वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाउनुभएको थियो । २०५२ सालमा न्याय सेवाको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गर्नुभएकी लीलादेवी सचिव भएको चार वर्षपछि पहिलो महिला मुख्यसचिव भ
मानव स्रोत व्यवस्थापनको अर्थ : लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
मानव स्रोत व्यवस्थापनको अर्थ १. मानव स्रोत व्यवस्थापन भनेको के हो ? नेपालको निजामती सेवामा मानव स्रोत व्यवस्थापनमा संलग्न निकाय र तिनको भूमिका माथि प्रकाश पार्नुहोस् । सङ्गठनको लक्ष्य तथा उद्देश्य हासिल गर्न मानव स्रोतसम्बद्ध विविध पक्षको व्यवस्थापन गर्ने कार्य नै मानव स्रोत व्यवस्थापन हो । यसले सङ्गठनमा कामदार वा कर्मचारीको भर्नापूर्वदेखि अवकाशसम्मका नीतिगत, संरचनागत तथा प्रव्रिmयागत विषयको समग्र व्यवस्थापनलाई जनाउँछ । मानव स्रोत व्यवस्थापन अन्तर्गतका कार्यलाई मूलतः मानव स्रोतको प्राप्ति, विकास, उपयोग र संवर्धन गरी चार आयाममा वर्गीकरण गरी अध्ययन गर्ने गरिन्छ । निजामती सेवामा मानव स्रोत व्यवस्थापनमा संलग्न निकाय र तिनको प्रमुख भूमिका
मुहम्मद युनुस : बङ्गलादेशको ‘गरिबको बैंकर’
नोबेल पुरस्कार विजेता लघुवित्त अग्रणी मुहम्मद युनुसलाई बङ्गलादेशी आन्दोलनकारी नेताहरूले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई प्रतिस्थापन गर्न एउटा अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् ।
काभा महिला भलिबल : फाइनलमा नेपाल र भारत भिड्ने
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन
बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ ।
वैदेशिक रोजगारी : एक वर्षमा ४८ जनाको मृत्यु
सूचना परामर्शकर्ता लामाका अनुसार आर्थिक वर्ष २०८०⁄०८१ मा दाङबाट वैदेशिक रोजगारीमा जानुभएका ४८ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार
बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।
वर्षाले हवाई उडान प्रभावित
गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
डेंगुबाट एकको मृत्यु
देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगुबाट एकजनाको मृत्यु भएको मङ्गलबार जनाएको हो ।
बाढी र लेदोको कारण बिपी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण विपी राजमार्गको काभ्रेपलाञ्चोक सडक खण्ड अवरुद्ध भएको छ ।