ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान
‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को-इमाडोल-सानागाउँ-लुभु-लामाटार मूल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो ।
अझै सञ्चार सुविधाविहीन तनहुँवासी
तनहुँको व्यास नगरपालिका क्षेत्रकै बासिन्दा सञ्चार सेवाबाट वञ्चित छन् । २१ औँ शताब्दीको सूचना तथा सञ्चार प्रविधिको युगमा फोन गर्नका लागि आधा÷एक घण्टा हिँडेर डाँडाकाँडा धाउनु पर्ने बाध्यता अझै छ ।
चार सय केभी क्षमताको दोस्रो ठुलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न
मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ ।
‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान
यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ ।
टेलिकमका पूर्व प्रबन्ध निर्देशक आचार्यलाई ‘टेलिकम एक्स्पर्ट’ अवार्ड
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित हुनुभएको छ ।
'हाम्रो पे'को क्युआरमा भुक्तानी गर्दा कोइली कराउने
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट 'हाम्रो पे'बाट भुक्तानी गर्दा अब कोइली कराउने भएको छ । बीज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउन्ड बक्समार्फत हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो ।
सम्पर्क विहीन भोटखोला, जनतालाई सास्ती
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।
प्युठानमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुने
सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौं, राप्ती इन्जिनियिरिङ कलेज दाङ र प्युठान टेक्निकल कलेज प्रालिको आयोजनामा साइवर अपराध, साइवर सुरक्षा विषयक दिवसीय राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
‘क्युब्स इन स्पेस नासो’ कार्यक्रम हुने
विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२३’ कार्यक्रम हुने भएको छ । नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल एस्ट्रोनोमिक सोसाइटी (नासो) ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नासोका अनुसार नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था आइडुडलइडु इङ्कसँग सहकार्य सो कार्यक्रम गर्न लागिएको हो ।