मेयर कप फुटबल : कटारी र बेनी सेमीफाइनलमा
बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइल खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका हुन् ।
एनपिएलः पोखरा ३४ रनले विजयी
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो।
एनपिएलः अर्धशतकको सङ्ख्या २६ पुग्यो
नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ । कर्णाली याक्सका मार्क वाटले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो ।
जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छः अनिल साह
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पारेको हो ।
पोखराले कर्णालीलाई दियो २०२ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएलं) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको चुनौती दिएको छ ।
एनपिएलमा पोखराका रोसिङ्टनको शतक
नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सका एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभएको छ । मङ्गलबार कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्नुहुँदै उहाँले शतक पूरा गर्नुभएको हो ।
बेँसीसहर ११ लाई नगर कप उपाधि
छैठौँ बेँसीसहर नगर कपको उपाधि बेँसीसहर नगरपालिका वडा ११ चितिले जितेको छ । बेँसीसहर नगरपालिका-१०, बाँझाखेत र ११ चितिबिच भएको फाइनल खेलमा ट्राइब्रेकरमा वडा ११ ले जित हात पारेको हो ।
एनपिएल : पोखराविरुद्ध कर्णाली फिल्डिङमा
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा कर्णालीले टस जितेर फिल्डिङ रोजेको हो । टस हारेको पोखराले पहिले ब्याटिङको निम्तो पाएको छ ।
एनपिएल : जनकपुरको पहिलो जित
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
नेपाल आज चाइनिज ताइपेइसँग भिड्दै
इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।
एनपिएल : चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो ।
एनपिएलः चितवन टस जितेर ब्याटिङमा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।
विश्व बक्सिङ्ग काउन्सिल सम्मेलनमा नेपालको पहिलोपटक उपस्थिति
नेपालले पहिलोपटक विश्व बक्सिङ्ग काउन्सिलको वार्षिक सम्मेलनमा औपचारिक प्रतिनिधित्व गरेको छ ।
एसिसी यु–१९ प्रिमियर कपमा नेपाल पराजित, युएईलाई उपाधि
संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो ।
राष्ट्रिय लिग फुटबल पुसमा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ ।
मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी
बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् ।
एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ ।
एन्फा अध्यक्ष पदमा विराटजङ्गको उम्मेदवारी घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराटजङ्ग शाहीले एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
एसिसी यू–१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।
पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।
एनपिएल : आज विश्राम,भोलि दुई खेल हुने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।
एनपिएल : कर्णालीलाई हराउँदै काठमान्डु प्लेअफ उन्मुख
जेराल्ड इरसमस र जोन सिम्पसन चम्किएपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबिच प्रतिस्पर्धा
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबिच प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ।