महिला भलिबलमा पुलिस च्याम्पियन
नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनलमा पुलिसले साविक विजेता न्य डायमन्डलाई ३–२ को सेटमा हरायो ।
एपीएफको दोस्रो जित
नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । इटहरी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ५३ रनले हरायो ।
लिभरपुल ब्राइटनसँग स्तब्ध
इङ्लिस प्रिमियर लिग फुटबलको चर्चित टोली लिभरपुल ब्राइटनसँग स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग उसैको मैदानमा ३–० गोलले पराजित भयो ।
एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए ।
एपीएफको विजयी सुरुवात
विभागीय टोली नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
एपीएफलाई हराउँदै पुलिस फाइनलमा
नेपाल पुलिस क्लब सातौं एनभिए महिला तफा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
गुल्मीमा आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु
गुल्मीमा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्ला आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीको आयोजनामा शनिबार बिहानदेखि जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सुरु भएको हो ।
पाकिस्तानविरुद्धको सिरिज न्युजिल्यान्डको पोल्टामा
घरेलु टोली पाकिस्तानविरुद्ध तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले जितेको छ । कराँचीस्थित नेशनल स्टेडियममा शुक्रबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई दुई विकेटले हरायो । यससँगै पाहुना टोली न्युजिल्यान्डले सिरिज २–१ ले जितेको हो ।
एस्टन भिल्ला विजयी
इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाइटेडमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई २–१ गोलले हरायो ।