जेथाजमानी [निबन्ध]
ओर्लिरहेको हिउँदको दिन ! संसारमा घामपानीबारे अनेक तर्क भइरहेका छन् । भुइँ छोडेर कुरा गरिरहेकै छ– बहसले । सुनेसम्म गर्ने हो भने ढाडमा बर्सिने घाम र तातोलाई बिदा गर्नुपर्छ । पिइरहेको पानीलाई किलकिलेमुनि खसाल्ने कुरामा एक दिन ख्याल गर्नैपर्छ । छतमा छु घरको । तीन जना नानीहरू बसेका छन् मेरै वरिपरि । नानीहरू जाडोको बिदामा घर कुरुवा भएका छन् । निकै दिनदेखि ती किताब र कापी बोकेर छतको घाममा सेकिन आउँछन् । आज तिनका छेउमा छु म । किताबले घेरिएका ससाना नानीहरू ।
जाने ओखती नजाने विष
डा. पुनेश्वर केशरी सामान्यतया आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ हुँदैन भन्ने भनाइ छ तर यो पूर्ण सत्य होइन । आयुर्वेदकै कतिपय स्वास्थ्यकर्मी पनि आयुर्वेद औषधिको दुष्प्रभावबारे अनभिज्ञ छन् । सुरक्षित प्रयोगमा त्यति संवेदनशील भएको पाइँदैन । रोगले हुने मृत्यु कहिलेकाहीँ हामीले रोक्न सक्दैनौँ तर औषधिको प्रयोगले हुने मृत्यु स्वीकार्य हुन सक्दैन भन्ने भनाइ नै छ । तसर्थ कुनै पनि चिकित्सा पद्धतिमा प्रयोग हुने औषधिको प्रयोगबाट हुने दुष्प्रभावको पहिचान, अध्ययन, आकलन तथा रोकथामसम्बन्धी कार्यका लागि र त्यससम्बन्धी शिक्षा तथा स्वास्थ्यकर्मीलाई तालिम आदिको व्यवस्थापनका लागि फर्माकोभिजिलेन्स (औषधिको दुष्प्रभाव पहिचान) आवश्यक हुन्छ । यस लेखमा आयुर्वेद औषधिको सुरक्षित प्रयोगबारे आयुर्वेद संहिताहरूमा उल्लेख गरिएका केही विषय प्रकाश पार्ने जमर्को गरिएको छ ।
हराएको छैन प्याङ
प्याङ अर्थात् बाँसका गिद्रा (चोया निकालेर बाँकी रहेको भित्री भाग) को प्रयोग गरी बनाइएका बट्टा । प्याङलाई स्थानीयले पोंचा भन्छन् । रैथाने सीप, ज्ञान र कच्चा पदार्थबाट बनाइने प्याङ एक समय नेपाली समाजमा दैनिक प्रयोगमा थिए ।
धानलाई धक्का
यस वर्ष मनसुन सुरुमै सक्रिय भयो । देशैभर धान रोपाइँ पनि भइरहेको छ । हालसम्म कति रोपाइँ भयो, त्यसको तथ्याङ्क त आउन बाँकी छ । बेमौसमी वर्षाका कारण गत वर्ष धान उत्पादनमा ८.७६ प्रतिशतले ह्रास आयो । यस पटक भने मलको अभावले उत्पादनमा असर गर्ने हो कि भन्ने आकलन गरिएकोे छ । समग्र कृषिमा धानको योगदान १५ प्रतिशत छ । असार १५ लाई धान दिवसकै रूपमा मनाइन्छ । ‘धान बालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ यस वर्ष १९औँ धान दिवस मनाइनेछ । देशकै कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान ३.३ प्रतिशत छ । यस हिसाबले कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब रुपियाँमा धानको योगदान एक खर्ब ६४ अर्ब रुपियाँ रहेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मुखको माया के माया ? (कविता)
मुखको माया के माया ? मनको माया हो माया । किनेको माया के माया ? आत्मीय माया, माया हो
गाउँमा सडक आयो (कविता)
हजुरआमाले प्रतिष्ठा गर्नुभएका चौतारा बाहरूले कचहरी गर्ने ठाँटी गोठालो जाँदा तिमीहरूलाई हामीहरूले हामीहरूलाई तिमीहरूले
धुम्म आकाश (कविता)
चिसो सिरेटो भित्रैसम्म आयो बिस्तारै झ्याल खोलेँ टाउको बाहिर निकालेर हेरेँ आकाश धुम्म छ मजस्तै गुम्सिएको छ
नाटक [कथा]
खुसीको खबर यो थियो– धेरै वर्षपछि दाइ भेटिए । दुःखको खबर यो थियो– उनी दृष्टिविहीन भइसकेका थिए । उनले पहिलेजस्तो देख्न सक्दैनथे । उनले भने, “एउटा रेल दुर्घटनामा परेर मैले दुवै आँखा गुमाएँ ।” रेल मुलुकमा चलिसकेको थिएन र उनले विदेशको ट्रेन दुर्घटनामा आँखा गुमाएको हुन सक्छ तर त्यो देश कुन थियो त्यो हामीले सोधेनौँ । दृष्टि नै गुमाइसकेपछि देशको कुरो गौण भइदियो । कुरो यो, आँखा उनका यथावत् थिए तर दृष्टि थिएन । उनको भनाइ यो हुन्थ्यो– “म आँखा देख्दिनँ हजुर ।
समालोचकका आँखामा ज्ञान उदास
‘के हो के हो, जिन्दगानी, कर्कलाको पानी अप्ठेरोमा हाँसी बाँच्नु नै हो जिन्दगानी’