कारको ठक्करबाट १८ महिने शिशुको मृत्यु
सोमबार साँझ भारततर्फ जन्ती लिएर हिँडेको एचआर २६ सीएच ९७०६ नम्बरको कारले ठक्कर दिँदा भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका–२, हथिऔल निवासी हरेराम सहनकी छोरी १८ महिनाकी माया कुमारीको मृत्यु भएको हो ।
होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ : मुख्यमन्त्री यादव
धनुषा, फागुन २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताउनुभएको छ ।होली पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्धन गर्न पनि अभिप्रेरित गर्ने बताउनुभयो ।बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उहाँले यहाँका हरेक जातजाति र धर्मावलम्बीमा आ–आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताउनुभयो ।असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेश प्रदेश, देश र देशबाहिर रहेका सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री यादवले व्यक्त गर्नुभएको छ ।“कुमतिको होलिका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसियालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभयो । रासस
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जनकपुरधामको अन्तः गृह परिक्रमासँगै मिथिला माध्यमिकी परिक्रमा
जनकपुरधामको अन्तः गृह परिक्रमासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ ।
मिथिलामा तीन दिन होली
मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ ९होली, फागु० पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि ९राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि० भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो ।
चौध लाख भारतीय मुद्रासहित नौ जना पक्राउ
सीमा क्षेत्रमा विना इजाजत विदेशी मुद्रा सटही गर्ने एक भारतीय नागरिक सहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मधेशमा फागुपर्वको उमङ्ग, जनकपुरधाममा माध्यमिकी परिक्रमा
मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्। मधेशका जिल्लामा सोमबार, मङ्गलबार र बुधबार रङ खेलिँदै छ। मधेशमा बसोबास गरिरहेका पहाडी समुदायले सोमबार फागुपर्व मनाएका छन्। धनुषाबाहेकका जिल्लामा मङ्गलबार र धनुषामा बुधबार फागु खेलिँदै छ।
वित्तीय संस्थालाई बढ्दो सुरक्षा चुनौती
आर्थिक तरलतासँगै लेनदेन, मिटरब्याजसम्बन्धी सप्तरीमा बढ्दो उजुरीले आर्थिक क्षेत्रमा काम गर्ने सङ्घ संस्था तथा कर्मचारीको सुरक्षा चुनौती थपिएको छ ।
महामूर्खको उपाधि पाउन तँछाडमछाड
कसैलाई मूर्ख मात्र पनि भनिदिँदा क्रोधले तथानाम गालीगलौज मात्रै गर्दैनन् उस्तै परे हातपात गर्न अग्रसर हुन्छन्। तर जनकपुरमा सम्मेलनको आयोजना गरेर हजारौँ मानिसका अगाडि महामूर्ख भनेर घोषित गरिँदा पनि आफूलाई गौरवान्वित महसुस गर्छन्।
होली उत्सव कोठामा, हरायो जोगिरा
केही वर्ष पहिले रङ, सद्भाव र एकताको पर्वको रूपमा जोगिरा गाएर मनाइने होली पर्व कोठामा सीमित हुन थालेको छ। होलीमा उत्साह बढाउने जोगिराको अभ्यास हराउँदै जान थालेपछि यस्तो देखिएको हो।
जनकपुरमा दुई दिवसीय ‘होरी’ महोत्सव सुरु
मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष जनकपुरधाममा आयोजना गर्दैआएको दुई दिवसीय होरी (होली) महोत्सवको आज पहिलो दिन होली गायनसहितको प्रतियोगिता हुँदैछ । महोत्सवको दोस्रो दिन अर्थात् भोलि मंगलबार महामूर्ख सम्मेलनको आयोजना हुनेछ ।
मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो
मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवम् सांस्कृतिक उत्सव मिथिला माध्यमिकी परिक्रमा आज (सोमबार) जनकपुरधाम आइपुगेको छ । फागुन ८ गते औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा आज जनकपुरधाम आइपुगेको हो ।
सीमा क्षेत्रमा विदेशी मुद्रा सटही गर्ने नौ जना पक्राउ
सीमा क्षेत्रमा बिना अनुमति विदेशी मुद्रा सटही गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान महोत्तरीको सीमानाका भिट्ठामोडबाट ठूलो मात्रामा भारतीय रुपियाँसहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
"डढेलोले वन सखाप निभाउने जनशक्ति अभाव"
सर्लाहीका विभिन्न साझेदारी तथा सामुदायिक र सागरनाथ वन विकास परियोजनाअन्तर्गतका जङ्गलमा लागेको डढेलो नियन्त्रणमा बेवास्ता गरिएको छ। यहाँका वन क्षेत्रमा निरन्तर डढेलो लागेर रुख, बिरुवा सखाप भए पनि नियन्त्रणका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन्। जिल्लाको ईश्वरपुरस्थित फूलजोरबाबा साझेदारी वनको आधाजसो क्षेत्रमा डढेलो लागिसकेको घारिबथान क्षेत्रका स्थानीयले बताएका छन्। वन क्षेत्रको ठाउँ–ठाउँमै आगोले स–साना रुख, बिरुवा जलेर नष्ट भइरहेका हुन्। डढेलो दिनानुदिन फैलिने क्रममा छ।
बीमा बिनै जनकपुर–जयनगर रेल सञ्चालनमा
जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ ।
डम्फु र मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै
‘होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर, विगतका वर्षहरूमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ ।
धनुषामा दुर्घटना हुँदा दुईको मृत्यु
जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनियाँमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मदिरा छोडेपछि फेरियो डुम समुदाय
लहान नगरपालिका–२३, बेतहाका डुम समुदायको जीवनमा उल्लेखनीय परिवर्तन भइरहेको छ। उनीहरूको बसाइ, लवाइखवाइ र सरसफाइमा उल्लेखनीय परिवर्तन आएको छ। उनीहरूको जीवन आर्थिक र सामाजिक रूपमा पनि परिवर्तन भइरहेको छ। अहिले उनीहरूको पक्की घर बनाउने क्रम बढेको छ। बालबालिका विद्यालय जान थालेका छन्।
राजदेवी मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट भगवानको मुर्तिसहित चाँदीका गरगहना चोरी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा अग्रहरी नियुक्त
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार सिताराम अग्रहरी नियुक्त हुनुभएको छ ।मुख्यमन्त्री निवासमा शनिबार मुख्यमन्त्री यादवले वरिष्ठ पत्रकार अग्रहरीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।
फुर्सदमा गुइँठा बनाउँदै मधेशका महिला
सर्लाहीका महिला अहिले गोबरको गुइँठा बनाउन ब्यस्त छन् । ग्रामीण भेगमा अझै पनि परम्परागत चुल्होमा गोबरको गुइँठा बालेर खाना पकाउने गरिन्छ । हिजोआज खेतबारीको काम खासै नरहेकाले महिला गुइँठा बनाउन लागिपरेका हुन् ।
धनुषामा चर्को ध्वनि बजाउनमा रोक
जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनि प्रदूषण नियन्त्रण गर्न रातिको समयमा डिजे (लाउडस्पिकर) बजाउन रोक लगाएको छ ।
साढे छ सय फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन जिल्लाको विभिन्न स्थानबाट विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले बुधबार १५ जना र मङ्गलबार १४ जनालाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरेको बताउनुभयो। अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको बताउँदै दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेको उहाँले जानकारी दिनुभयो।
अव्यवस्थित तारले आगलागीको उच्च जोखिम
विद्युतीय पोलमा अव्यवस्थित रूपमा टाँगेका केबल तथा इन्टरनेटका तारले चन्द्रपुर नगरपालिकामा समस्या भएको छ। इन्टरनेट र टेलिभिजन केबल सञ्चालकले अव्यवस्थित ढङ्गबाट पोलमा तार विस्तार गर्दा नगरको सौन्दर्य प्रभावित बनेको छ। लत्रिएका तारले बटुवा तथा सवारीसाधनलाई समस्या पारेको छ। पोलमै गुजुल्टिएका तारले सुन्दरतामा ह्रास ल्याएको छ भने आगलागीको जोखिमसमेत बढाएको छ। सञ्चारसेवा प्रदायक संस्थाले विद्युत प्राधिकरणलाई वार्षिक प्रति बक्स छ सय रुपियाँ शुल्क बुझाउने गरेको विद्युत् प्रधिकरण शाखा कार्यालय चन्द्रनिगाहपुरमा अभिलेख छ। शुल्क तिरेपनि प्राधिकरणले तार सही तरिकाबाट टाँगेको छ वा छैन नियमन नगर्दा जोखिम बढेको चन्द्रपुर–४ का समाजसेवी भरत आचार्यको आरोप छ।