एघार पुल निर्माण
कञ्चनपुरमा आर्थिक वर्ष २०७८/७९ मा ११ वटा पुल निर्माण सम्पन्न गरिएको छ । करिब एक अर्बको लागतमा महìवपूर्ण पुलहरू निर्माण गरिएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० र पुल सेक्टर मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र नम्बर ३, नेपालगञ्ज (हाल पुल सेक्टर, दाङ) कार्यालयले एक पुल गरेर ११ पुल निर्माण गरिएको हो । यससँगै सडक डिभिजन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० मा पाँचवटा पुल निर्माण गर्ने लक्ष्य रहेको इन्जिनियर पियूस चटौतले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा : प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बनेको विधेयक पारित
प्रदेश र स्थानीय तहबीच समन्वय कायम तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएको छ।
चितुवाको छालासहित दुई पक्राउ
कञ्चनपुरमा चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको छ । कृष्णपुर नगरपालिका –३ देखतभुलिबाट डडेल्धुराको अमरगढी नगरपालिका ३ काँडेघर भएका ४० वर्षिया मालती मल्ल सेठी र वडा २ जोसिनाका २९ बर्षिय मोहन साकी चितुवाको छालासहित पक्राउ परेका हुन् ।
३० औं पटकमा एसईई उत्तीर्ण
कैलालीका ५३ वर्षीय भागिराम चौधरीले ३० औं पटकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण हुनुभएको छ।
कर्णाली तटमा बाढी बीमा हुने
कर्णाली नदी तटका किसानको बाली बाढीले नोक्सान भए बिनाझन्झट दाबी भुक्तानी पाउन सूचकाङ्कमा आधारित बाढी बीमा लागू गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार एवं कर्णाली नदी तटका पाँच पालिकाका जनप्रतिनिधि सहमत भएका छन्।
प्रबर्धनको पर्खाइमा चिडिया ताल
कैलालीको घोडाघोडी नगरपालिका–२, साँडेपानीमा रहेको चिडिया ताल उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। पूर्वपश्चिम राजमार्गदेखि करिब तीन सय मिटर उत्तरमा रहेको चिडिया ताल चिडिया सामुदायिक वन क्षेत्रमा अवस्थित छ। ताल वरपर अन्य साना ठूला गरेर १२ वटा तालसमेत छन्। हरियाली वनभित्र प्राकृतिक सुन्दरताले भरिपूर्ण तालमा सौन्दर्यसँगसँगै त्यहाँ वन्यजन्तु र चराचुरुङ्गीको समेत बसोबास छ। जैविक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण ताल वरपर पर्यटक आकर्षणका लागि पैदल मार्ग, ड्याम निर्माण गरिए पनि पर्यटकको आगमन भने खासै हुन नसकेको स्थानीयवासीको भनाइ छ।
कुहिन थाले अग्निपीडितका टेन्ट
कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्तकमैया शिविरका अग्निपीडित मुक्तकमैया समस्यामा परेका छन्। घर नबन्दा पीडित मुक्तकमैया समस्यामा परेका हुन्। तीन महिनादेखि टेन्ट (पाल)मा बस्दै आएका उनीहरूलाई वर्षा याम कटाउन धौ–धौ भएको छ। सङ्घसंस्थाले दिएको टेन्ट घामपानीका कारण कुहिन थालेकाले समस्या बल्झिएको पीडितहरूको भनाइ छ।
ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती
निरन्तरको वर्षाका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरु सास्ती भोग्न बाध्य भएका हुन् । महाकाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खसेर दैनिक यातायात सेवा प्रभावित हुनेगरेको छ । ग्रामीण सडकमा यातायातका साधनहरु चल्नै छाडेको यातायात व्यवसायी गणेश धामीले जानकारी दिनुभयो ।
जनप्रतिनिधि र कर्मचारीले लिए नियम विपरीत भत्ता
कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले नियम विपरीत दुई लाख १५ हजार २०० रुपियाँ अनुगमन भत्ता लिएको देखिएको छ । २०७८ मा तत्कालीन १२ जना जनप्रतिनिधि र १९ जना कर्मचारीले नियम विपरित अनुगमन भत्ता लिनु भएको हो ।
बिरामी महिलाको निशुल्क हवाइ उद्धार
पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । मंगलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि निशुल्क हवाइ उद्धार गरेर सुर्खेत लगिएको हो ।
कैलाश मानसरोवर सडकमा पहिरो खस्दा नेपाली मजदुरको मृत्यु
भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।
कर्णाली तटमा बाढी बीमा लागू हुने
कर्णाली नदी तटका किसानको बाढीले बाली नोक्सान भए विना झन्झट दावी भुक्तानी पाउन सूचकङ्ंकमा आधारित बाढी बीमा लागू गर्न सुदूरपश्चिम र लुम्विनी प्रदेश सरकार र कर्णाली नदी तटका पाँच पालिकाका जनप्रतिनिधि सहमत भएको छन् ।
पहिरो प्रभावित ३५० परिवारको विचल्ली
कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५६ परिवारको विचल्ली भएको छ ।
विषालु च्याउ खाँदा पाँचजना बिरामी
विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।
तीन तहका सरकारबीच तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयनमा समस्या: मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले तीन तहका सरकारबीच समन्वयात्मक तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयन नभएको बताउनुभएको छ ।
सात करोड लगानीको धर्मशाला बन्ने
धार्मिक तथा पर्यटकीय क्षेत्रले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा ठूलो लगानीमा धर्मशाला निर्माण हुनेभएको छ । जैविक विविधताको महत्व रहेको घोडाघोडी धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा त्यहाँ घुम्न र दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
लोपोन्मुख राजीलाई सुरक्षित आवास
सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत कैलालीको भजनी नगरपालिका–९, भुरुवामा २५ घर निर्माण गरी हस्तान्तरण गरेको छ। भुरुवामा लोपोन्मुख राजी परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको हो। प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले निर्माण भएको सुरक्षित आवास राजी समुदायलाई हस्तान्तरण गर्नुभयो। आवास निर्माणका लागि २०७७ माघमा राजी जातिको परम्परागत कच्ची घर भत्काएको थियो। सुरक्षित आवास प्राप्त गरेपछि भजनी नगरपालिका–९, भुरुवाकी मीना राजीले खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नयाँ घर पाउँदा धेरै खुसी भएकी छु।”
बैतडी अस्पतालमा जटिल शल्यक्रिया सेवा
बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गर्नुभएको हो । जिल्ला अस्पताल बैतडीमा अहिले एक एमडीजीपी चिकित्सकसहित नौ चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेको अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो । बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान भई एक घण्टामा छवटा अक्सिजन सिलिन्डर भर्न सकिन भएपछि एफएनसीओ (नवजात शिशुलाई २८ दिनसम्म राख्न सकिने) सेवा सुरु भएको छ ।
कटानको जोखिमले १६ परिवार विस्थापित
कैलालीको कैलारी गाउँपालिका –३ स्थित मोहना नदी पारिको बस्ती शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । बस्तीतर्फ मोहना नदीको कटानका कारण जोखिममा परेपछि ती परिवार सुरक्षित स्थानतर्फ सरेका हुन ।
गेटा मेडिकल कलेज र वीर अस्पतालबीच दुई पक्षीय सम्झौता
गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच द्विपक्षीय सम्झौता भएको छ ।
अछाम पहिरो पीडितलाई तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
पहिरोले घर भत्किँदा तीनजनाको मृत्यु
पहिरोले घर भत्किएपछि अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया हिरकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्ट रहेको प्रहरीले जनाएको छ ।
पाताल भूमेश्वर पदमार्ग निर्माण
बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपियाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो ।
एक वर्ष थन्किए दुई विधेयक
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ एक वर्षदेखि प्रक्रियामै थन्किएका छन् । यी दुई विधेयकलाई प्रदेश सरकारले २०७८ सालमा प्रदेश सभामा दर्ता गरेको थियो । दुवै विधेयक प्रदेश मामिला तथा विधायन समितिमा थन्किएको छ । दफावार छलफल भई प्रतिवेदनसमेत तयार भइसकेको विधेयक प्रदेश सरकारको राय र सङ्घीय ऐन नआएका कारण समितिमै रहेको जनाइएको छ ।