खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा छौँ : अर्थमन्त्री महत
अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गर्नुभएको छ।
अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत
राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
राहदानीसम्बन्धी मुद्दा नचलाउने निर्णयको स्वामित्व हामी लिन्छौँ : महान्यायाधिवक्ता पोखरेल
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गर्नुभएको छ ।
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निर्देशन र घोषणाबाट शासकीय सुधार हुँदैन : सांसद थापा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
सरकारले राष्ट्रहित केन्द्रमा राखेर ऐन, कानुन तर्जुमा गर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुन तर्जुमा गर्ने बताउनुभएको छ।
अवसरवादीबाट जोगिनुहोस् : नेता कोइराला
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गर्नुभएको छ।
प्रतिनिधि बैठकको शून्य समयमा सांसद ढकालको मौनधारण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गर्नु भएको छ । सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले सो समय मौनधारण गरेर व्यथित गर्नु भएको हो ।
बच्चाको जन्मदर्तामा मावलीको थर राख्ने परिपत्र फिर्ता गर्न सांसदको माग
नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छ : उद्योगमन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिनुपर्छ : सांसद पाण्डे
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरूले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरूले संसदमा उपस्थित भएर अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सुरु
दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजेदेखि बैठक सुरु भएको हो ।
पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक सुरु
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कर्णालीमा वर्तमान सरकारले नै निरन्तरता पाउँछ : नेता शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनु भएको छ ।
दुई कम्युनिस्ट पार्टीहरूको एकता हुँदै
दुई कम्युनिस्ट पार्टीहरू बिच आज एकता हुने भएको छ । आज (शुक्रबार) धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिच पार्टी एकता हुने भएको हो ।
कार्यव्यवस्था परामर्श समिति गठन
प्रतिनिधि सभाको बिजनेस तथा अन्य विषयमा सभामुखलाई परामर्श दिने क्षेत्राधिकार रहेको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। पदेनबाहेक २१ सदस्य हुने समितिमा दलीय प्रतिनिधित्वका आधारमा सदस्य छनोट गरिएको छ। एक सिट मात्र रहेका साना दलहरूको प्रतिनिधि पनि कार्यव्यवस्थामा सुनिश्चित गरिएको छ। समितिमा सभामुख, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने व्यवस्था छ।
आजदेखि निर्वाचन आचारसंहिता
आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो । आयोगले विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।
तनहुँ–१ मा नौ जनाको उम्मेदवारी कायम
आगामी वैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी कायम भएको छ ।
नियम विपरीत काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिनुभएको छ ।
व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिनेखालको भएको बताउनुभएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
अर्थतन्त्र सुधार गर्न पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकता दिइने (पूर्णपाठसहित)
सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।