पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ ।
देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ ।
जसपाका अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली अर्पण
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाँकेको नरैनापुर पुगेर मुस्लिम सुफी मुस्ताक अहमद शाहको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै उहाँको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु
पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का संयुक्त राष्ट्र संघको आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज घाना प्रस्थान गर्नुभएको छ ।
जलवायु सम्मेलनः विश्व समुदायको प्राथमिकतामा नेपाल
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनुभएको छ।
जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे युएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको हो।
‘संघीय व्यवस्था बलियो बनाउन मिडियाकर्मी लाग्नुपर्छ’
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले गणतन्त्र र संघीयता ल्याउन मिडियाको भूमिका खेलेकाले अब सो व्यवस्था बलियो बनाउन पनि भूमिका खेल्नुपर्ने आग्रह गर्नुभएको छ ।
गणतन्त्रमाथि राजावादी र अवसरवादीको आक्रमण : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गणतन्त्रमाथि राजावादी र अवसरवादीबाट आक्रमण भइरहेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ क को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो बताउनुभएको हो ।
नेपाल समृद्ध बनाउन एकल सरकार चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताउनुभएको छ । पार्टीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दैलेखको राकममा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ ।
नेपालीलाई फुटाउने प्रयास भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जात, भूगोल, भेगका नाममा नेपालीलाई फुटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको छ : सूर्य थापा
नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री खनालसँग चिनियाँ राजदूतको भेट
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सङले भेटवार्ता गर्नुभएको छ ।
जसपाको सुन्दर हरैचा नगर समिति पुनर्गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शङ्कर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो ।
राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारी दर्ता पुस २३ गते
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० देखि ४ बजेसम्म तय गरेको छ ।
मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताउनुभएको छ । महाकाली-मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कोशीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो ।
अपाङ्गमैत्री वातावरण बनाउनुपर्छ : प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य कार्यस्थल अपाङ्गमैत्री बनाउनु पर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा आयोग
निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने गरी निर्वाचन कार्यक्रम ल्याउने तयारी गरेको छ ।
रुकुमपश्चिमका भूकम्पपीडितलाई सञ्चारमन्त्रीद्वारा न्यानो कपडा हस्तान्तरण
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका भूकम्पपीडितलाई पाँच सय थान सिरक हस्तान्तरण गर्नुभएको छ ।
कांग्रेस लुम्बिनी प्रदेशको बन्द सत्र सुरु
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र सुरु भएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक भोलि
पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।